Ad Area

ललित स्मृति भलिबल प्रतियोगिता, शनिवार सेमिफाइनल खेल हुने


लक्ष्मण बस्नेत
दाङ, १२ पुस । दाङको तुलसीपुरमा जारी दोस्रो ललित स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ मा शनिवार (भोली) सेमिफाइनल खेल हुने भएका छन् । फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङको आयोजनामा अरनिको खेलमैदान तुलसिपुरमा संचालित प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा रुकुम भलिबल र राष्ट्रिय युवा संघ तुलसीपुर ३ भिड्नेछन् ।

खेल बिहान साढे सात बजेबाट सुरु हुनेछ । त्यस्तै दोस्रो सेमिफाइनलमा हेलो मोबाईल तुलसीपु र तुलसिपुर १ आमनेसामने हुनेछ्न् । खेल साढे आठ बजे बाट सुरु हुने फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु यरीले जानकारी दिएका छन् । रुकुम भलिबलले ज्ञानज्योती तुलसीपुरलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्दा राष्ट्रिय युवा संघले फेलोसिपलाई २–० को सोझो सेटमा पराजित गरेर रुकुम भलिबल टिमसंगको सेमिफाइनल भिडन्त पक्का गरेको हो ।

त्यस्तै तुलसीपुर १ ले न्यु स्टारलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो भने हेलो मोबाईल तुलसीपुरले रुकुम पश्चिमलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा तुलसीपुर १ संगको भेट पक्का गरेको हो ।नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र बिस्तारसंगै प्रतिभावान खेलाडीको पहिचान गर्ने उदेश्य तथा फेलोसिप ट्रेनिङ सेन्टरका पूर्व संचालक ललित बुढामगरको सम्झनामा आयोजित प्रतियोगिताको बिजेता,उपबिजेता र तृतिय स्थान हात पार्ने टिमलाई क्रमशः नगद ५०,३० र १५ हजार पुस्कारसंगै कप,मेडल,प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधाका खेलाडी लाई ट्रफी,प्रमाणपत्र प्रदान गरिनेछ । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा दाङ,सल्यान,रोल्पा,रुकुम लगाएत जिल्लाका १२ भलिबल टिमको सहभागिता रहेको छ।