Ad Area

ज्ञानज्योती बन्यो एनप्याब्सनको च्याम्पियन


लक्ष्मण बस्नेत
दाङ,१२ पुस । ज्ञानज्योती मावि तुलसीपुर एनप्याब्सन दाङ जिल्ला अन्तर बिद्यालयस्तरीय बृहत खेलकुद प्रतियोगिता २०८१ को च्याम्पियन बनेको छ ।

एनप्याब्सन दाङको आयोजनामा बेल्झुन्डी रंगशालामा संचालित प्रतियोगितामा ८ स्वर्ण, ३ रजत र १ कास्य पदक हात पार्दै ज्ञानज्योती मावि तुलसीपुर च्याम्पियन बनेको हो । त्यस्तै ५ स्वर्ण,४ रजत र ५ कास्य पदकका साथ मिडवयडष्ट प्वाइन्ट एकेडेमी दोस्रो हुँदा जनप्रिय बोर्डिङ स्कुल बालापुर, ५ स्वर्ण,४ रजत र ४ कास्य पदकका साथ तृतीय भयो ।

त्यस्तै अमृत बाल एकेडेमीले ३ स्वर्ण,१ रजत र १ कास्य पदक हात पार्दै चौथो स्थान हात पार्दा श्रीगाँउ लाईभ भिजन सिम्ठाना २ स्वर्ण र ५ रजतक पदक हात पारेर पाँचौ स्थानमा प्राप्त गर्न सफल भएको प्रतियोगिताका संंयोजक बालकृष्ण खत्रीले जानकारी दिएका छन् । तीन दिनसम्म संचालित प्रतियोगितामा एथलेटिक्स तर्फका १३ ईभेन्टस्,भलिबल छात्र÷ छात्रातर्फ कडा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा एनप्याब्सनमा आबद्ध २७ बिद्यालयको सहभागिता रहेको थियो । यसैबिच प्रतियोगिताको समापन समारोह एन प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष सुबोध कुमार डाँगीको प्रमुख आतिथ्य एवं दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख राकेश परियार र एन प्याब्सनका केन्द्रीय सदस्य प्रकाशकुमार शर्माको विशिष्ट आतिथ्यमा भएको थियो ।

कार्यक्रमको संचालन एन प्याब्सनका जिल्ला सचिव शालिक राम कार्कीले गरेका थिए । त्यस अवसरमा बिजेता बिद्यालय, खेलाडी तथा उद्घाटन समारोहमा भएको मार्चपास र नृत्यमा प्रथम स्थान हासिल गर्ने डिभाईन टेम्पल एकेडेमी लगाएतका बिद्यालयलाई ट्रफि मेडल, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।