मेयर कप फुटबलको उपाधिका लागि आज वडा नं. १३ र १५ भिड्ने
घोराही, २३ पुस । घोराहीमा जारी सातौँ संस्करणको घोराही मेयरकप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नम्बर १३ र १५ आज दिउँसो भिड्ने भएका छन् ।
मेयर कप प्रतियोगिताको दुई पटकको विजेता वडा नं. १३ र एक पटकको बिजेता वडा नं. १५ सातौ मेयर कपको उपाधिका लागि भिड्न थालेका हुन । फाइनल खेल दिउँसो १२ बजेदेखि घोराही उपमहानगरपालिका १८ स्थीत नवलपुर खेल मैदानमा हुनेछ । प्रतियोगिताको बिजेता हुने टिमले नगद १ लाखसहित शिल्ड, मेडल, प्रमाणपत्र र उपबिजेता हुने टिमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
घोराही मेयर कप फुटबलमा प्रथम संस्करण वडा नम्बर १५ ले, दोस्रो र तेस्रो संस्करण वडा नम्बर १३ ले, चौथो र पाँचौं संस्करण वडा नम्बर १८ ले र छैठौं संस्करण वडा नम्बर १७ ले जितेको थियो । गत बर्षको बिजेतामध्ये वडा नं. १७ यस पटक लिक चरणबाट र वडा नं. १८ क्वाटरफाइनल खेलबाट बाहिरिएका थिए ।