Ad Area

तुलसीपुरमा राष्ट्रपति रनिङ शिल्डको तयारी तिव्र, सहभागीलाई खाना र आवासको सुविधा


लक्ष्मण बस्नेत
तुलसीपुर, २५ पुस । आउँदो माघ १५ गतेदेखि सुरु हुने तुलसीपुर नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को तयारी तीव्र पारिएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा अमर मावि उरहरीको संयोजनमा उरहरी खेल मैदानमा संचालन हुने प्रतियोगितालाई सार्थक र परिणाममुखी बनाउनका लागि तयारीमा जुटेको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि आर्थिक ब्यबस्थापन, प्रचारप्रसार, खेलमैदान मर्मत, आवास तथा भोजन, सुरक्षा, आतिथ्य सत्कार,झाकी जुलुस,साँस्कृतीक कार्यक्रम,स्काउट तथा जुरेस, मार्चपास,लगाएतका सबै प्रकारका तयारीलाई तिव्र पारिएको प्रतियोगिता मुल आयोजक समितिका सदस्य सचिव तथा अमर मावि उरहरीका प्रधानाध्यापक पदमबहादुर वलीले जानकारी दिएका छन् ।

तुलसीपुर नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहने प्रतियोगितालाई कसरी भब्य एवं सभ्य तवरले ऐतिहासिक बनाउन सकिन्छ भन्ने उदेश्य ले संयोजनको जिम्मा पाएको अमर माद्यामिक बिद्यालयले बृहत भेलामार्फत मुल आयोजक समितिको मातहतमा रहने गरि विभिन्न उपसमिती गठन गरेको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष मानबहादुर रावतको प्रमुख आतिथ्यमा विभिन्न टोल विकास संस्था, स्थानीय सुरक्षा निकाय, संघसंस्था तथा बुद्धिजिवी सहभागी भेलाले आफ्नो तयारी स्वरुप विभिन्न उपसमितिहरु गठन गरेको प्रधानाध्यापक वलीले बताए ।

भेलाले मानबहादुर रावतको संयोजकत्वमा सुरक्षा ब्यवस्थापन,शिक्षक देवबहादुर वलीको संयोजकत्वमा मञ्च ब्यवस्थापन, डम्बर भण्डारीको संयोजकत्वमा खेलकुद सञ्चालन, निर्मलकुमार वलीको संयोजकत्वमा स्वंयमसेवक परीचालन, रीता चौधरीको संयोजकत्वमा साँस्कृतीक, यज्ञबहादुर अधिकारीको संयोजकत्वमा प्रमाणपत्र तयारी तथा ब्यवस्थापन, शुष्मा भण्डारीको संयोजकत्वमा स्काउट तथा जुरेस ब्यवस्थापन, देवनारायण भण्डारीको संयोजकत्वमा आवास व्यवस्थापन,जागेश्वर भन्डारीको संयोजकत्वामा चुट्टका भजन, चूर्णबहादुर रावतको संयोजकत्वमा आर्थिक संकलन समिति, टिकाराम न्यौपानेको संयोजकत्वमा भोजन ब्यवस्थापन उपसमिति गठन गरिएको हो ।

भेलामा बोल्दै प्रमुख अतिथी रावतले यस बर्षको रनिङ शिल्ड ऐतिहासिक हुने बताएका छन् । उनले अमर मावि उरहरीले रनिङ शिल्ड संचालन गर्ने जिम्मा पाउनु सिङ्गो वडा न ११ को सान र गौरव भएकाले प्रतियोगितालाई भब्य एवं सभ्य बनाउन सबैको सहयोग उत्तिकै खाचो रहेको बताए । खेलाडी,अतिथीलाई खाना र आवाससहित साँझ सांस्कृतीक कार्यक्रमको ब्यवस्था यस बर्षको रनिङ शिल्डमा आयोजना गरिएको बताए ।

भेलामा नेपाली कांग्रेसका हेमबहादुर वली,नेकपा एमालेका सोमिलाल चौधरी,माओवादीका गजाधर चौधरी,रास्वपाका पवित्रा केसी, बिद्यालय ब्यबस्थापन समितिका पूर्व अध्यक्ष लोकजंग शाह, स्वास्थ्य चौकी बेलटाकुराका चित्रबहादुर वली,खेलकुद पत्रकार लक्ष्मण बस्नेतलगायतले सुझाव राखेका थिए । भेलाको सहजीकरण शिक्षक यज्ञबहादुर अधिकारीले गरेका थिए ।