नमुना सहकारी संस्थाको १६ औं साधारणसभा
घोराही, २७ पुस । घोराहीमा रहेको नमुना बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष मेघराज रजौरेको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विमल अधिकारीको प्रमुख आथ्यिता एवं नेफस्कुन फिल्ड कार्यालय घोराहीका प्रमुख विष्णु जोशीको विशिष्ट आतिथ्यतामा साधारणसभा भएको हो ।
साधारणसभामा प्रमुख अतिथि अधिकारीले नमुना बचत तथा ऋण सहकारी संस्थाले छोटो समयमा निकै उत्कृष्ट कार्य गर्दै आएको भन्दै प्रशंसा व्यक्त गरेका थिए । सदस्यको थोरै बचतले पनि संस्थालाई टेवा पुग्ने र स्वंय बतचकताई समेत फाईदा पुग्ने उनले बताए ।
देशका केही सहकारीहरुले रकम अपचलन गरेकै कारण पछिल्लो सयम सहकारीलाई हेर्ने दुष्टिकोण केही फरक भएको हुँदा संस्थाका गतिविधिलाई चुस्तदुरुष्त राख्न आग्रह गरेका थिए । कार्यक्रममा नेफस्कुन फिल्ड कार्यालय घोराहीका प्रमुख जोशीले संस्थाको दिगोपनाका लागि नियमित बचतलाई प्राथमीकता दिनुपर्ने बताए । सहकारी के, किन र कसका लागि भन्ने बारेमा सहकारी शिक्षा आवश्यक रहेकोमा जोड दिएका थिए ।
साधारणसभामा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेका थियो । जसमा जेष्ठ नागरिक तथा उत्कृष्ट बचतकर्तामा प्रेम बहादुर विक, बाल बचतमा सुनेना चौधरी, उत्कृष्ट बचतकर्तामा पवित्रा बोहोरा, लिलाधर जैशी, खिमानन्द सुवेदी, विसाल वुढाथोकीलाई सम्मान गरेको थियो । त्यसैगरी पोषण कुमार श्रेष्ठ, चक्र बहादुर बस्नेत, यज्ञ बहादुर थापा, प्रमोद वली र भरतमणी पोख्रेललाई सम्मान गरिएको हो ।
संस्थाको प्रतिवेदन अध्यक्ष मेघराज रजौरेले प्रस्तुत गरेका थिए भने सचिव र कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष धुव्र डाँगीले प्रस्तुत गरेका थिए । कार्यक्रममा लेट्स डान्स घोराहीका कलाकारहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । संस्थाका सचिव ताराप्रसाद भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार सुशीला ओलीले गरेकी थिइन ।