Ad Area

कांग्रेसको लुम्बिनी प्रदेश पदाधिकारीमा दाङबाट दुईको उम्मेदवारी


दाङ,१७ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तरगत लुम्बिनी प्रदेश कार्यसमितिको पदाधिकारीमा दाङबाट दुई जना नेताको उम्मेदवारी पर्ने भएको छ ।

जसअन्तर्गत लुम्बिनी प्रदेशको उपसभापतिमा कांग्रेसका नेता राजु खनाल र सहमहामन्त्रीमा खगराज पाण्डे चुनावी मैदानमा उत्रिएका छन । संबिधानसभा सदस्य समेत रहेका खनाल सस्थापन समूहबाट लुम्बिनी प्रदेश सभापतिका उम्मेदवार बनेका भारत शाह प्यानलबाट र पुर्व क्षेत्रीय सभापति रहेका पाण्डे सस्थापन इतरसमुहबाट सभापतिका उम्मेदवार बनेका अमरसिंह पुनको प्यानलबाट सहमहामन्त्रीमा उठेका छन ।

पहिलो पटक प्रदेश संरचनामा देश गएसंगै हुन थालेको निर्वाचनमा सहमतिमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचन हुन थालेको छ । कांग्रेसलाई संगठित, व्यवस्थीत र चलाएमान बनाउनका युवाहरुले नेतृत्व आवश्यक रहेको भन्दै दुबै उम्मेदवारले निर्वाचनमा जित्ने बिश्वास व्यक्त गरेका छन । त्यसैगरि कांग्रेसको प्रदेशसभा सदस्यमा दाङकै प्रचण्डबिक्रम न्यौपानेले समेत उम्मेदवारी दिएका छन । नेपाल विद्यार्थी संघका पुर्व सहमहामन्त्री समेत रहेका न्यौपानेले प्रदेश उम्मेदवारी दिएका हुन ।

Blog Post Ad Blog Post Ad