Ad Area

ग्रामीण महिला उत्थान केन्द्रद्वारा २७ औँ वार्षिकोत्सवमा रक्तदान


घोराही १७, मंसीर । ग्रामीण महिला उत्थान केन्द्रले आफ्नो २७ औँ वार्षिकोत्सव रक्तदान गरेर मनाएको छ ।

घोराहीस्थित केन्द्रीय कार्यालयमा वार्षिकोत्सवको अवसर पारेर शुक्रबार गरिएको रक्तदान कार्यक्रममा संस्थामा आवद्ध तथा शुभेच्छुकहरु गरी २२ जना रक्तदाताहरुले रक्तदान गरे । सामाजिक उत्तरदायित्व अन्तर्गत रगतदान गरेर जिल्लामा हुने रगत अभाव केही भएपनि सहज बनाउने लक्ष्यका साथ वार्षिकोत्सवको अवसर पारेर रक्तदान गरिएको सुचना अधिकारी पार्वती वस्नेतले जानकारी दिईन ।

संस्थाकी अध्यक्ष आसमानी चौधरीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार सौगतविर चौधरीले सामाजिक काममा संस्थाले विगतदेखि खेल्दै आएको भूमिकामा सबैको साथ मिल्दै गएको स्मरण गर्दै उनले सवैलाई धन्यवाद ज्ञापन गरे । यस्तै, रक्तदान कार्यक्रमलाई सफल बनाउन साथ दिनुभएका सबैमा उनले आभार प्रकट गरे । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेको हो ।

रक्तदान गर्नेहरुमा भिमकान्त चौधरी, अस्मिता चौधरी, बसन्ता बुढा मगर, बिनय चौधरी, सबनम श्रेष्ठ, पार्बती बस्नेत, सम्झना श्रेष्ठ, मोहन गौतम, खुमा खडका, हिमाल चौधरी, सूचना श्रेष्ठ, पुष्पा चौधरी, कृपा सुवेदी, कमल वलि, हुकुम बुढाथोकी, प्रकाश केसी, तिला चौधरी, सरोज महरा, श्री कुमारी चौधरी, सरिता पुन, ज्ञानु पुनमगर र राजकुमार चौधरी रहेका थिए ।

आत्म निर्भर र सशक्त समाज निर्माणको अभिभारा लिएर अघि बढेको संस्थाले सामाजिक, आर्थिक क्षेत्रमा ठूलो योगदान दिँदै आएको छ । २०५१ सालमा स्थापित ग्रमाीण महिला उत्थान केन्द्रले वित्तिय क्षेत्र र समाजिक क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ । संस्थामा आवद्ध भई धेरैले आफ्नो आर्थिक तथा सामाजिक जीवनमा उदाहरणीय काम गर्दै आएका छन् ।