Ad Area

घोराहीमा पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेला, ९० प्रतिशात तयारी पूरा


भ्युमान पुन
घोराही,३ माघ । घोराहीमा सञ्चालन हुन थालेको ‘प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला’को ९० प्रतिशत तयारी पूरा भएको छ ।

नेपाल मगर संघ घोराही नगरको आयोजनामा माघ ५ गतेदेखि ११ गतेबाट हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष बेदबहादुर बुढामगरले जानकारी दिएका छन् । मेला स्थलमा स्टल निर्माणसँगै तारवार गर्नेदेखि मञ्च निर्माणको काम सकिएको अध्यक्ष बुढाले बताएका छन् ।

‘मेलाको तयारी लगभग सकिएको छ । मञ्च, स्टल निर्माणको काम लगभग सकिएको छ’,अध्यक्ष बुढाले भने,‘बाँकी दश प्रतिशत काम शुक्रवासम्म पुरा हुने छ ।’ अध्यक्ष बुढाका अनुसार अहिले बाँकी स्टल बुकिङ भइ रहेको बताए । मेला उद्घाटनको लागि २ दिन बाँकी रहेको र २ दिनभित्र सबै काम सकिने समितिका प्रचारप्रसार प्रमुख कैलाश रोका मगरले जानकारी दिएका छन् । मेलामा पिङ तथा बाल उद्यानलगायतको काम भइरहेको बताए ।

७ दिनसम्म चल्ने मेलाको आम्दानीबाट घोराही नगर समितिले बहुउद्देश्यीय मगर संग्राहलय निर्माण गर्ने लक्ष्य राखेको छ । मेलामा जातिगत भेषभुषाका स्टल तथा खानाका परिकारका स्टल बाल उद्यान लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोज समितिले जनाएको छ । नगर समितिले पहिलो पटक आयोजना गर्न लागेको मेलालाई सम्पूर्ण घोराही तथा दाङवासीलाई भब्य रुपमा सफल पारिदिन अनुरोध समेत गरेको छ ।