स्कुटर दुर्घटनामा एक जनाको मृत्यु
दाङ, ३ माघ । दाङमा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ निवासी २८ बर्षीय सुदीप चौधरी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई नेपालगन्ज लागिएको थियो । उपचार सम्भव नभएपछि परिवारले राप्ती प्रादेशिक अस्पतालमा ल्याएको र डाक्टरले बिहीबार बिहान सवा १० बजेतिर मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
बिजौरीबाट भेलहीतर्फ जादै गरेको रा ८ प ३१७९ नम्बरको स्कुटी तुलसीपुर–१६ राउतगाँउमा गएराती दुर्घटनामा परेको हो । तिब्र गतिमा रहेको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिएका छन् । स्कुटर चालक तुलसीपुर–७ निवासी २८ बर्षीय सुमन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।