घोराहीमा प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला सुरु

दाङ,५ माघ । घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले मगर समुदायको भाषा, कला, संस्कृति संरक्षणसँगै समुदायको पहिचान बचाउन स्थानीय सरकारले ध्यान दिएको बताउनुभएको छ ।
नेपाल मगर संघ, घोराही नगर कार्यसमितिको आयोजनामा शनिबारदेखि घोराही १४ झिँगौरामा शुरु भएको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला २०८१ को उदघाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले जनजातिको भाषा, कला, संस्कृति समुदायको मात्रै नभई राज्यको सम्पत्ति भएको हुँदा यसको संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकारले ध्यान दिएको बताउनुभयो ।
समुदायको पहिचान स्थापित गर्न र व्यावसयिक बनाउन मेला, महोत्सवको अत्यन्त ठूलो महत्व रहने भन्दै मेला महोत्सव सफलताको कामना पनि गर्नुभयो । उहाँले मगर संघले आयोजना गरेको मेला महोत्सबले स्थानीय समुदायको कला, संस्कृति उजागर गर्न र अरु समुदायमा अन्तरघुलन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मगर समुदाय भाषा, कला, संस्कृतिको धनी भएको भन्दै मेला महोत्सवका माध्यमबाट समुदायको पहिचान बाहिर ल्याउन र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । ‘मेला महोत्सव केव मनोरञ्जनको थलो मात्रै होईन, यसले यहाँको कला, भाषा, संस्कृति के छन् भन्ने कुरा बाहिर ल्याउन मद्दत गरेको छ । यसमा घोराही उपमहानगरपालिकाको साथ छ’ नगर प्रमुख चौधरीले भन्नुभयो ।
हरेक ठाउँमा बसोबास गर्ने समुदायको आफ्नै पहिचान हुने भन्दै घोराहीमा थारु र मगर समुदायको बाहुल्यता रहेको भन्दै दुवै समुदायको भाषा, संस्कृति जोगाउन र अरु समुदायमा पुर्याउन घोराही उपमहानगरपालिकाले सरकारी कामकाजको भाषाका रुपमा समेत स्थापित गरेको बताउनुभयो । उहाँले माघ पर्व थारु र मगर समुदाय विशेष महत्व बोकेको पर्व भएको भन्दै समुदायको सम्मानका लागि स्थानीय विदाका रुपमा पुस २९ गते विदा दिएको बताउनुभयो ।
’थारु र मगर समुदायको पर्व भव्य र सभ्य रुपमा बनाउन पालिकाले प्रयास थालेको छ । यसमा सबैको सहभागीतासहित साथ सहयोग रहन जरुरी छ उहाँले भन्नुभयो, ‘हामीले थालेको प्रयासलाई सम्बन्धित समदायले बुझ्न जरुरी छ । यो हामी सबैको साझा सम्पत्ति हो ।’
उहाँले जनजातिको कला संस्कृति भजाउन सके यसबाट ठूलो रोजगारी सिर्जना गर्न सकिने र आर्थिक समृद्धि हुने बताउनुभयो । ‘थारुको आफ्नै भेषभूषा छ । मगरको पनि आफ्नै भेषभूषा छ । यसलाई संस्थागत गर्न थारु भाषाको किताब तयार पारेको छ । पाठ्यक्रम र पुस्तक तयार पारेर विद्यालयमा पठनपाठनका लागि लागू गरेको छ’ उहाँले भन्नुभयो ‘मगर खाम भाषाको विकासका लागि पनि घोराहीले पाठ्यपुस्तक तयार पार्दैछ । आउने शैक्षिक सत्रबाट पठनपाठन गर्ने तयारी छ । मगरखाम भाषा बोल्नेलाई यसले सघाउने विश्वास छ भने अरुका लागि पनि खोज अनुसन्धानको सामग्री बन्नेछ ।’
उहाँले अहिले मगर समुदायको खाम भाषा ओझेलमा परेको भन्दै यसमा समुदायसँगै सरोकार निकायले चासो दिनुपर्ने बताउनुभयो । ‘जुन खाम भाषाले मगर समुदायलाई बोल्न र विकास गर्न सिकायो आज त्यो भाषा बोलचालीमा सीमित बनेको छ । खाम भाषालाई लेखपढ भाषा बनाउनुपर्छ भनेर घोराही उपमहानगरले खाम भाषाको पाठ्यक्रम तयार पार्न लागेको छ’ उहाँले भन्नुभयो ।
यसैगरी, उहाँले कुसुण्डा भाषा संरक्षणमा पालिकाले काम गर्दै आएको बताउनुभयो । भाषा, कला, संस्कृति जगेर्ना गर्न स्थानीय सरकारका रुपमा रहेको घोराही उपमहानगरपालिकाले ध्यान दिएको भन्दै यसमा सबैले अपनत्व महसुस गर्नुपर्नेमा जोड दिनुभयो । असल अभ्यासको थालनीलाई निरन्तरता दिन अपिल गर्दै घोराहीको पहिचानलाई उजागर गर्न यस प्रकारका असल अभ्यासलाई पालिकाको सदैव साथ सहयोग रहने बताउनुभयो ।
कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष दर्जीत रोकामगरले मगर समुदायको कला, संस्कार र संस्कृतिको संरक्षणसँगै सम्बद्र्धनका लागि सम्बन्धित निकायहरुले विशेष जोड दिनुपर्ने बताउनुभयो । नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले संस्कार, संस्कृति र भेषभूषालाई स्थानीय सरकारले संरक्षण गर्नुपर्ने बताउनुभयो ।
नेकपा ९माओवादी केन्द्र० दाङका सचिव विश्वराज आचार्यले नेपालीहरुको संस्कृति उत्पादनसँग सम्बन्धित भएको बताउनुभयो । संस्कार र संस्कृति राज्यका सम्पत्ति भएको भन्दै हरेक संस्कृतिलाई उत्पदनसँग जोड्न र त्यसको विकास गर्न स्थानीय सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उहाँको भनाई छ ।
संघका वरिष्ठ उपाध्यक्ष मित्रलाल घर्तीमगरको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रममा थारु कल्याणकारीणी सभाका अध्यक्ष अशोक चौधरी, घोराही उपमहानगरपालिका–६ का वडा अध्यक्ष विष्णु आचार्य, नेपाल पत्रकार महासंघ दाङका सचिव जेएन सागर, चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य टोपबहादुर घर्तीमगर, दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी, ढाङढुङे रोल्पाली सेवा समाजका अध्यक्ष नारायणप्रसाद रोका लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
माघ ५ गतेदेखि ११ गते सात दिनसम्म चल्ने मेलाको आम्दानीबाट घोराही नगर समितिले बहुउद्देश्यीय मगर संग्राहलय निर्माण गर्ने लक्ष्य राखेको छ । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
नेपाल मगर संघ घोराही नगरकमिटीका अध्यक्ष बेदबहादुर बुढामगरको अध्यक्षतामा भएको महोत्सव उद्घाटन पूर्व घोराहीको सहिद लखन थापा पार्कबाट साँस्कृतिक पहिचान झल्कने भेषभुषा, झाँक्रीसहितको ¥याली निकालिएको थियो ।
माघ ५ गतेदेखि ११ गतेसम्म घोराहीमा हुने प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलामा मगर जातिसँग सम्वन्धित विभिन्न खानाका परिकारसँगै भेषभुषा, बाल उद्यान, पिङलगायत मनोरञ्जनका साधनहरु राखिएको छ ।
सात दिनसम्म चल्ने मेलाको आम्दानीबाट घोराही नगर समितिले बहुउद्देश्यीय मगर संग्राहलय निर्माण गर्ने लक्ष्य राखेको छ । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहनेछ । उपाध्यक्ष मित्रलाल बुढाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संघका कार्यवाहक सचिव गणेशप्रताप पुनमगरले गर्नुभएको थियो ।