Ad Area

माघे मेलामा आज टिका सानुलगायतका कलाकार आउँदै


भ्युमान मगर

घोराही, ६ माघ । घोराही उपमहानगरपालिका–१४ झिगौँरामा शनिवारदेखि सुरु भएको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला २०८१ मा आज आइतवार राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुति रहने भएको छ ।

नेपाल मगर संघ घोराही नगर कार्यसमितिको आयोजनामा जारी मेलामा आज गायिका टिका सानु, निता पुन, गायक टेक बिसी, अमर रोका, डान्सर निशा सुनार र चाहाना मगरको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

सात दिनसम्म सञ्चालन हुने मेलाको आम्दानीबाट घोराही नगर मगर समितिले बहुउद्देश्यीय मगर सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखेको छ । मेलामा जातिगत भेषभुषाका स्टल तथा खानाका परिकार, बाल उद्यानलगायत स्टल राखिएको जनाइएको छ ।

मेलामा प्रवेशका लागि सर्वसाधारणलाई प्रतिव्यक्ति एक सय रुपैँया, विद्यार्थी, जेष्ठनागरिक तथा शारीरिक अपांगता भएकाहरुलाई प्रवेशमा केही छुट गरिएको आयोजकको भनाई रहेको छ ॥