Ad Area

घोराहीमा श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ हुने


दाङ, ७ माघ । सडक तथा सार्वजनिक स्थलहरुमा अलपत्र, वेवारिसे अवस्थामा रहेका मानवको सहयोगार्थ घोराहीमा श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ लाग्ने भएको छ । घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको मानव कल्याण समाजको सेवा घरलाई दिगो व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले मानव कल्याण समाज दाङ शाखाको आयोजनामा माघको १७ गतेदेखि २४ गतेसम्म घोराहीमा महायज्ञ सञ्चालन हुन लागेको हो ।

घोराही उपमहानगरपालिका–१५ कर्मचारी मिलन केन्द्रको प्रांगणमा सञ्चालन हुने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट संकलन हुने सम्पूर्ण दान नारायाणपुरमा रहेको मानव सेवा घरमा बस्दै आउनु भएका सडक मानव तथा सार्वजनिक स्थलमा अलपत्र, बेवारिसे अवस्थामा रहेका लागि खर्च हुने मानव कल्याण समाजका संस्थापक अध्यक्ष एवम् कथा बाचिका सुमि मानवले जानकारी दिएकी छिन् ।

उनका अनुसार अहिले घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको मानव कल्याण समाज (सेवा घर) मा चार महिनाकी बच्चादेखि ९० वर्षसम्मका ज्येष्ठ नागरिक गरेर ५२ जना व्यक्ति बस्दै आएका छन् । मनोरोगी (मनोसामाजिक समस्याले ग्रस्त), अपांगता भएका र सुस्तमन स्थितिलगायत विभिन्न रोगले ग्रस्त व्यक्तिलाई सेवाघरमा राखिएको छ ।

महायज्ञ आयोजक मुल समितिका संयोजक चन्द्रराज पन्तको अध्यक्षमा भएको पत्रकार सम्मेलनमा कथावाचनसँगै दैनिक योगाभ्यास, यज्ञस्थलमा रक्तदान र युवा उत्पेरणासम्बन्धी कार्यक्रम गरिने भएको संस्थापक अध्यक्ष मानवले बताइन् । महायत्रलाई सफल बनाउनका लागि विभिन्न समिति समेत गठन गरिएको छ । जसअन्तर्गत महायज्ञ मुल आयोजक समितिको संयोजकमा चन्द्रराज पन्तसहित सहसंयोजकमा विमला योगी, नारायण भुसाल, दानबहादुर बुढाथोकी, शक्तिराम डाँगी रहेका छन् ।

सहयोग समन्वय उपसमिति संयोजकमा डा. हिमलाल पन्थी, आर्थिक उपसमिति संयोजकमा सुस्मिता श्रेष्ठ, पूजा आरती व्यवस्थापन उपसमिति संयोजकमा शारदा पोख्रेल, प्रचारप्रसार तथा सञ्चार उपसमिति संयोजकमा आर.के. शितल, संघसस्था समन्वय उपसमिति संयोजक (घोराही) मा जीवा भुसाल र (नारायणपुर) युवराज पोख्रेल, सामुदायिक विद्यालय समन्वय उपसमिति संयोजकमा उत्तम खनाल, निजी विद्यालय समन्वय उपसमिति संयोजकमा निर्मल न्यौपाने, मञ्च व्यवस्थापन उपसमिति संयोजकमा मिना विष्ट, योग सञ्चालन उपसमिति संयोजकमा माधव सुवेदी, सरसफाई व्यवस्थापन उपसमिति संयोजकमा सुवोध रेग्मी रहेका छन् ।

त्यसैगरी ¥याली व्यवस्थापन उपसमिति संयोजकमा कोमा रावत, रक्तदान व्यवस्थापन उपसमिति संयोजकमा अनिल पौडेल, अतिथि सम्मान उपसमिति संयोजकमा बसन्ता भण्डारी, महिला संघसस्था समन्वय उपसमिति संयोजकमा अनिता ढकाल, मातृशक्ति परिचालन उपसमिति संयोजकमा लक्ष्मी लम्साल, सहकारी तथा वित्तिय संस्था समन्वय उपसमिति संयोजकमा भगवती शर्मा, युवा तथा स्वयमसेवक परिचालन उपसमिति संयोजकमा कुलराज पोख्रेल, युवा परिचालन उपसमिति (नारायणपुर) संयोजकमा जागेश्वर डाँगी, तुलादान समन्वय उपसमिति संयोजक कृष्णा रावत रहेकी छिन् ।

त्यसैगरी बजार तथा व्यवसाय समन्वय उपसमिति संयोजकमा रामदयाल गुप्ता, उद्योगी तथा व्यवसायी समन्व्य उपसमिति संयोजकमा अनिल बस्नेत, सांस्कृतिक संस्था समन्वय उपसमिति संयोजकमा लक्ष्मी आचार्य, कलाकार समन्वय उपसमिति संयोजकमा कमल गाउँले, टोल विकास सस्था समन्वय उपसमिति संयोजक (घोराही) मिना रेग्मी र (नारायणपुर) संयोजकमा मोन आचार्य र आमा समूह तथा स्वास्थ्य स्वयमसेविका समन्वय उपसमिति संयोजकमा धना जिसी रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

उत्तमकुमार खनालको संयोजकत्वमा विद्यालय समन्वय उपसमिति, लक्ष्मी लम्सालको संयोजकत्वमा मातृशक्ति समन्वय उपसमिति, मोहन आचार्यको संयोजकत्वमा टोल विकास संस्था समन्वय उपसमिति, युवराज पोख्रेल संयोजक रहेको संघसंस्था समन्वय उपसमिति, जागेश्वर डाँगी संयोजक रहेको युवा परिचालन उपसमिति, अनिल बस्नेत संयोजक रहेको उद्योगी व्यवसायी समन्वय उपसमिति र सागर खनाल संयोजक रहेको प्रचारप्रसार उपसमिति गठन गरिएको छ । पत्रकार सम्मेलनमा पत्रकार महासघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले प्रचारप्रसारका माध्यमबाट सहयोग गर्ने बताएका थिए । पत्रकार सम्मेलनको सहजीकरण प्रचारप्रसार उपसमिति संयोजक आर.के.शितलले गरेका थिए ।