रोल्पा जिल्ला क्वानकिडो संघको प्रथम अधिवेशन, अध्यक्षमा वली निर्वाचित

रोल्पा, २५ माघ । रोल्पा जिल्ला क्वाकिदो संघको प्रथम अधिवेशन परिवर्तन गाउँपालिकाको केन्द्र पुतलाचौर रोल्पामा सम्पन्न भएको छ।
अधिवेशनले सुरेन्द्र वलीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा रामदेव घर्तीमगर, उपाध्यक्ष अनिल केसी, सचिवमा निरञ्जन रानामगर, कोषाध्यक्षमा दिपेन्द्र डाँगी रहेका छन् । अधिवेशनले सहसचिवमा भने पछि मनोनित गर्ने भएको छ ।
सदस्यहरुमा अमेरिका बुढामगर, सरिता बुढामगर, बिपना विश्वकर्मा, जोरकुमारी रोकामगर, विपिन घर्तीमगर, घमण्ड घर्तिमगर, शिलसिला घर्तीमगर, अस्मिता रोकामगर र कमला केसी रहेका छन् ।