Ad Area

विक्रम पुन स्मृति फुटबल प्रतियोगिता, फाइनलमा बिएफएल रेड र राईजिङ स्टार भिड्ने


भ्युमान पुुन

घोराही,२४ माघ । घोराहीमा जारी दोस्रो संस्करणको विक्रम पुन स्मृति खुल्ला फुटबल प्रतियोगिताको फाईनलमा बिएफएल रेड र राईजिङ स्टार भिड्ने भएका छन् । बिहिबार भएको सेमिफाईन खेलामा बिएफएल रेडले एसएसएफएलाई ५ गोलले हराउदै फाइनल पुगेको हो ।

बिएफएल क्लबको आयोजनामा घोराही उपमहानगरपालिका–१८ नवलपुर फुटबल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा राईजिङ स्टारले युएनबिसीलाई २-० गोलले हराएको थियो ।

नकआउट प्रतियोगिताको फाईनल खेल माघ २६ गते शनिवार दिउसो १ बजे हुने आयोजका संस्था बिएफएलका अध्यक्ष बिवेक बुढाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने क्लबले २ लाख २२ हजार २ सय २२ रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछ भने द्वितीय हुने क्बलले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछ ।

यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षापंक्ति, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट मीडफिल्डर, सर्वाधिक गोलकर्तालाई नगदसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।