Ad Area

‘संस्कारसहितको शिक्षा आवश्यक’


दाङ,१८ मंसिर । घोराही उपमहनगरपालिका–१३ मा रहेको मेरील्याण्ड पब्लिक एकेडेमीमा अभिभावक शिक्षा कार्यक्रम शनिवार सम्पन्न भएको छ । ‘बाल संस्कारसहितको शिक्षा, हाम्रो प्रतिवद्धता’ भन्ने उद्देश्य अनुसार विद्यालयले कार्यक्रमको आयोजना गरि अभिभावकहरुलाई सचेत बनाउने काम गरेको हो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष टेमन बुढाको अध्यक्षता तथा घोराही उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत नारायण पौडेलको प्रमुख आतिथ्यता एव प्रशिक्षक योगगुरु रबिन्द्र बस्नेतको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले बालबालिकालाई शिक्षासँगै सस्कार सिकाउन आवश्यक रहेको बताएका थिए ।

साथै उनीहरुले आधुनिकताका नाममा पछिल्लो पुस्ताले सस्कार र सस्कृति भुल्दै गएको भन्दै अव हरेक विद्यालयले बालबालिकाहरुलाई सस्कारसहितको शिक्षा दिनुपर्नेमा जोड दिएका थिए । त्यसका लागि मेरील्याण्ड पव्लिक स्कुलले बालबालिकाहरुसँगै अभिभावकहरुलाई कार्यक्रमका माध्यमबाट सचेत गराउने काम गरेर राम्रो गरेको बताएका थिए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत नारायण पौडेल, प्रशिक्षक योगगुरु रबिन्द्र बस्नेत, विद्यालय सञ्चालक समितिका सदस्य नैनसिंह घर्तिलगायतले मन्तव्य व्यक्त गरेका थिए । विद्यालय संचालक समितिका सदस्य राजेन्द्रकुमार श्रेष्ठको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा सहजीकरण विद्यालयकी शिक्षिका संगीता गिरीले गरेकी थिइन । अभिभावक शिक्षा कार्यक्रममा करीव एक सय दश जना अभिभावकको उपस्थिति रहेका थियो ।

Blog Post Ad Blog Post Ad