स्वर्गीय लछिनप्रसाद बुढाको योगदानको चर्चा

दाङ,१८ मंसिर । लछिनप्रसाद बुढामगर स्मृति प्रतिष्ठानले प्रथम साधारणसभा शनिवार घोराहीमा सम्पन्न गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष कुलप्रसाद बुढाको अध्यक्षता नेकपा एमालेका केन्द्रीय सदस्य एव घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुम आतिथ्यतामा भएको कार्यक्रममा स्वर्गीय बुढा दुरदर्शी नेताका रुपमा रहेकाले उनको योगदानलाई चिरस्थायी बनाउन सवै लाग्नुपर्ने बताएका थिए ।
साथै उनीहरुले लछिन बुढाले आफ्नो छोटो कार्यकालमै घोराही उपमहानगरपालिका वडा नं. १६ लाई खरको मुक्त वडा घोषणालगायतका काम गरेर जनताको मन जित्न सफल नेताका रुपमा रहेको सहभागीहरुले बताएका थिए ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकी, नेकपा एमालेका नेता गेहेन्द्र बस्नेत, घोराही उपमहानगरपालिका वडा नं. १३ का अध्यक्ष रविलला घर्ति, नेकपा एमाले घोराही नगर कमिटि अध्यक्ष भुवन चौधरी, थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष सन्तोष दहित, होटेल व्यवसायी संघ घोराहीका अध्यक्ष दिपेन्द्रकुमार पुन, तकसेरा समाज अध्यक्ष मित्रलाल बुढालगायतले स्वर्गीय बुढाको योगदानको चर्चा गरेका थिए ।
प्रतिष्ठानका उपाध्यक्ष खिमप्रसाद बुढाको स्वागतबाट सुरुभएको कार्यक्रममा स्वर्गीय बुढाको योगदानका बारेमा उनका भाइ भानसिंह बुढाले जानकारी गराएका थिए । कार्यक्रमका सहभागीलाई प्रतिष्ठानका संरक्षक लालमति बुढाले धन्यावाद ज्ञापन गरेकी थिइन । कार्यक्रमको सहजीकरण सदस्य अर्जुन पन्थीले गरेका थिए । घोराही उपमहानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष समेत रहेका बुढाको २०७५ मंसीर १३ गते निधन भएको थियो ।