Ad Area

लखन थापा फुटबलमा युएनबीसी र बिएफएल विजयी


घोराही, ६ फागुन । नेपालका प्रथम शहीद लखन थापा मगरको १४८औँ स्मृतिमा आयोजित फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा युएनबीसी र बिएफएलको टिम विजयी भएका छन् ।

नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा घोराही–१८ नवलपुर फुटबल मैदानमा जारी खुल्ला नकआउट प्रतियोगितामा लुम्बिनी फुटबल एकेडेमीलाई १–० गोलले तथा अटल युवा क्लबलाई ३–१ गोलले हराएको छ ।

अब प्रतियोगिताअन्तरगत बुधवारबाट क्वाटरफाईनलका खेल हुनेछ । जस अनुसार दिउँसो १२ बजे पहिलो क्वाटरफाईनलमा माडीचौर फुटबल क्लब रोल्पा र चौघेरा स्पोट्र्स एकेडेमी तथा दोस्रो क्वाटरफाईनलमा खोजरफ्तार र बिएफएलको टिमबीच प्रतिष्पर्धा हुने प्रतियोगिता संयोजक इराक घर्तीले जानकारी दिएका छन् । दाङसहित सल्यान, रोल्पाका गरी कुल १८ टिमको सहभागीता रहेको प्रतियोगितामा १५ वटा खेल हुने प्रतियोगिता संयोजक घर्तीले बताए ।

फागुन १० गते फाइनल खेल हुने गरी खेल तालिका सार्वजनिक गरिएको प्रतियोगिता सहसंयोजक अशोक घर्तीले बताए । शहीद थापा मगरको स्मृति दिवसको अवसरमा हरेक वर्ष फुटबल प्रतियोगिताको आयोजना गर्दै आइरहेको भन्दै आयोजक नेपाल मगर संघले खेलकुदको विकाससँगै शहीदको सम्मानका लागि कार्यक्रम आयोजना गरेको जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ भने द्वितीय हुने टिमलाई पचास हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने छ ।