Ad Area

प्रजातन्त्र दिवसमा दाङ महिला जेसीजद्वारा दीप प्रज्वलनसहित शुभकामना आदानप्रदान


घाेराही,  ७ फागुन ।  ७५औँ प्रजातन्त्र दिवसको अवसरमा दाङ महिला जेसीजले दीप प्रज्वलनसहित शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

दाङ महिला जेसीज वर्ष २०२५ की अध्यक्ष अनिता ढकालको अध्यक्षता तथा पूर्व अध्यक्ष सुशीला पौडेलको प्रमुख आतिथ्यमा बुधबार महिला जेसीजको सचिवालयमा दीप प्रज्वलन गरी शुभकामना आदनप्रदान कार्यक्रम गरिएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व अध्यक्ष पौडेलले प्रजातन्त्र दिवसको महत्वबारे प्रकाश पार्दै महिला सशक्तीकरणका लागि यस्ता कार्यक्रमहरू प्रेरणादायी हुने बताउनुभयो । उहाँले महिला जेसीजले सामाजिक तथा नेतृत्व विकासमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।

सो अवसरमा पूर्व अध्यक्ष निरजा पोख्रेललगायत अन्य अतिथिहरूले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले प्रजातन्त्रको मूल्य र मान्यता तथा महिला सशक्तीकरणमा प्रजातन्त्रको भूमिकाबारे आफ्ना धारणा राख्नुभयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष जुनकुमारी बुढा, पूर्व अध्यक्ष रेखा शर्मा, बुटिक तालिम प्रशिक्षक निलम अधिकारी, सरिता पुनलगायत महिला जेसीजका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो ।

सहसचिव तुलसी चपाई (तृषा) को स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा आस्थापाठ उपाध्यक्ष दिपा पुनले गर्नुभएको थियो भने सहजीकरण महासचिव भीमा डिसीले गर्नु भएको थियो ।