घोराही महोत्सवमा थपिदै रौनक, एलिनासँगै झुमे दर्शक

घोराही, ७ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा जारी महोत्सवमा गायिका एलिना चौहानले धमाकेदार प्रस्तुति राखेकी छिन् । गायिका चौहानको गीतमा दर्शकहरू छमछमी नाचे । आधा दर्जन बढी राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहेको बुधवार अन्तिम प्रस्तुतिका
लागि मञ्चमा चढेकी चौहानको गीतमा दर्शकहरू छमछमी नाचे । पछिल्लो समयकी लोकप्रिय एवम् व्यस्त गायिका चौहानको हरेक गीतमा साथ दिदै दर्शकहरूले स्वरमा सवर मिलाए भने मस्तसँग झुमे । चौहान मेरो दुस्मन छ धेरै दुस्मन हेरेको हेरै, सान दिनेलाई सान दिन्छु मान दिनेलाई मान दिन्छु तिमीले धोका दियौँ भने कट्टा हान्दिन्छु, धोकेवाज हौ तिमी लगायतका गीतहरू प्रस्तुत गरेकी थिइन् ।
‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नारासाथ आयोजना गरिएको ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ बुधवार गायका कुलेन्द्र बिश्वकर्मा, राधिका हमाल, देबेन्द्र बस्नेत, शक्ति चन्द, सञ्चिता शाही, देबी बस्नेत, बिशु सेर्पाईली, विष्णु सुनार, उषा दशौदी, राशी रिजाल लगायतका कलाकारहरूले प्रस्तुति राखेका थिए ।
महोत्सवमा बुधवार १५ हजार बढी दर्शकले महोत्सवका अवलोकन गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव विकाश वलीले जानकारी दिए ।
भोलि पशुपति शर्मा र प्रिती आले
महोत्सवमा बिहीवार पनि चर्चित कलाकारहरूको प्रस्तुति रहने छ । बिहीवार गायक पशुपति शर्मा, गायिका प्रिति आले, एमटी महर, प्रकाश रेग्मी, पिताम्बर रिजाल, बविता धिताल, गाैतम चौधरी लगायतको प्रस्तुति रहने आयोजक मूल समितिका संयोजक वसन्त जोशीले जानकारी दिए ।