घोराही महोत्सवमा धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार

दाङ, १२ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा फागुन २ गतेदेखि जारी महोत्सवमा जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरिएको छ ।
‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नारासाथ आयोजना गरिएको ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ मा पर्यटन पवद्र्धनलाई प्राथमिकता दिदै जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुको विभिन्न माध्यमबाट प्रचारप्रसार गरिएको महोत्सव आयोजक मुल समितिका संयोजक बसन्त जोशीले बताएका छन् ।
महोत्सवमा दाङका धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरिएको छ । महोत्सवको मुख्य प्रवेशद्वारमै जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुको पहिचान र महत्व झल्कने फ्लेक्सहरु राखिएको छ । धार्मिकस्थलहरु अम्बिकेश्वरी मन्दिर, बाह्रकुने ताल, जखेरा ताल, पाण्डवेश्वर मन्दिर, सहिदगेट, छिल्लीकोट, बंगलाचुली, पुरन्धारा छहरा, कोइलाबास नाका, गणेशपुर पार्कको चित्रहरु प्रदर्शनी गरिएको छ ।कृषी र पशुहरू प्रर्दशनी गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघ दाङका वरिष्ठ उपाध्यक्ष एवं महोत्सवमा सहसंयोजक नरेशकुमार श्रेष्ठसले जानकारी दिए ।
साथै महोत्सवको मुख्य मञ्चबाट सांस्कृतिक कार्यक्रमको क्रममा धार्मिक तथा पर्यटकिय स्थलहरूको प्रचारप्रसार गरिएको र महोत्सव स्थलमा राखिएको डिजिटल बोर्ड(एलईडी) मा जिल्लाको धार्मिक तथा पर्यटकिय स्थलहरूको प्रर्दशन गरिएको बताए । महोत्सवमा सोमवार लोकप्रिय कलाकार रामचन्द्र काफ्लेको प्रस्तुती राखेका छन् ।
काफ्लेले ‘म त कालिपारे’,‘ड्राईभरमा माईलो मोटर चलाउदै’,‘परिचय पाउन त नानीको’,‘मात लाग्यो मात लाग्यो’, ‘फेवातालमा साईली’, ‘काला कुर्तैले’ लगायतका दर्जन बढी गीतहरू प्रस्तुत गरेका थिए ।सोमवार कलाकारहरू रिया घले, रोशन रत्गैया, जमुना पुन, चित्रा पुनलगायतका कलाकारहरूको प्रस्तुति दिएका थिए ।
लोकदोहोरी, कविता तथा नृत्य प्रतियोगिता जारी
महोत्सवमा जारी लम्बिनी प्रदेशस्तरीय लोकदोहोरी प्रतियोगिताका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङ ‘बि’ बिजयी भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङ ‘बि’ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बर्दियाबिच भएको प्रतियोगितामा दाङ ‘बि’ बिजयी भएको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङ ‘ए’ र नवलपरासीबिच भएको प्रतियोगितामा अंकमा बराबर भएको छ ।
महोत्सवमा विद्यालयस्तरीय कविता प्रतियोगिता, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता र खुल्ला नृत्य प्रतियोगिता जारी रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङका अध्यक्ष राजेन्द्र दाहालले जानकारी दिएका छन ।
मंगलवार जीवन शर्मा आउँदै
महोत्सवमा मंगलवार जनवादी गायक जीवन शर्माको प्रस्तुति रहने छ । महोत्सवको १२ औ दिन मंगलवार गायक जीवन शर्मासँगै अर्जुन सापकोटा, मधु रसाईली, बिन्दा परियार, अस्मिता राना, दिला घरच्वार, शान्तराम सेञ्चुरीको प्रस्तुति रहने छ । त्यस्तै बुधवार शिवरात्रीको दिन लोकदोहोरी लोकप्रिय गायक कुस्कल शर्माको प्रस्तुती रहने दाङ उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले बताए ।