अभिभावक बिहिन बालकलाई शैक्षिक सामग्री

दाङ, १९ मंसिर । अभिभावक विहीन २ बालकलाई सहकारी संस्थाले शैक्षिक सामाग्री प्रदान गरेको छ । घोराही उप महानगरपालिका वडा नं १९ का २ वालकलाई अटो व्यवसायीहरु द्धारा सञ्चालित शुभम लघु उद्यम संहकारीले शैक्षिक सामग्री तथा पोशाक प्रदान गरेको हो ।
बालकहरु सुभाष नेपाली र विमल नेपालीलाई किताव, कार्पी, कलम, झोला, सर्ट, पाइन्ट, स्वीटर, जुता मोजा लगाएतका सामाग्री प्रदान गरिएको सहकारी संस्थाका अध्यक्ष मुकेश भुसालले जानकारी दिए । ‘वालकहरुलाई विद्यालय जान बाट बञ्चित हुन नपरोस भनेर यस प्रकारको सहयोग गरिएको हो ’ उनले भने ।
सहकारी संस्थाले वचत तथा ऋणको मात्र काम नगरि सामाजिक कार्यमा पनि गर्नु पर्दछ भनेर यस प्रकारको सहयोग गरेको अध्यक्ष भुसाल बताउछन् । सहयोग हस्तान्त्रण कार्यक्रममा संस्थाका अध्यक्ष मकुेश भुसाल, उपाध्यक्ष ज्ञानबहादुर फौदार क्षेत्री, सचिव रत्नराम वन्जारा, निवर्तमान अध्यक्ष शुसिल पोख्रेल लगाएतको सहभागिता रहेको थियो ।