Ad Area

गुरुकुल एकेडेमीका विष्ट तेक्वान्डो च्याम्पियनसिपमा तृतीय


 

दाङ – दाङको गुरुकुल एकेडेमीमा अध्ययनरत टाइसन विष्टले भारतमा सम्पन्न इन्डो अन्तराष्ट्रिय टेक्वान्दो च्याम्पियनसिप–२०२१ मा तीतृय स्थान प्राप्त गरेका छन् ।

भारतको नयाँ डिल्लीमा मंसिर १२ गतेदेखि १६ गतेसम्म चलेको इन्डो अन्तराष्ट्रिय टेक्वान्दो च्याम्पियनसिप– २०२१ मा विष्टले तीतृय स्थान प्राप्त गरेका हुन् । गुरुकुल एकेडेमीको कक्षा पाँचमा अध्ययनरत रहेका टाइसन विष्टले अन्डर ३२ किलो प्रतियोगितामा तृतीय स्थान हासिल गरेका हुन् ।

खेलको माध्यमबाट मुलुकलाई चिनाउन सफल भएको भन्दै विद्यालय परिवारले उनलाई स्वागत एवं बधाई ज्ञापन गरेको विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले बताए ।