शुभलक्ष्मीले गर्यो २०८२ सालको भित्तेपात्रो बिमोचन

दाङ, २३ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर ६ गुरुवागाउँमा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले २०८२ सालको भित्तेपात्रो बिमोचन गरेको छ ।शिक्षा उपसमितिको आयोजनामा पात्रो बिमोचन गरिएको हो ।
शिक्षा उपसमितिका संयोजक कृष्णकुमार न्यौपानेको अध्यक्षतामा तथा धारापानी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा प्रमुख अतिथि अधिकारीले शुभलक्ष्मी सहकारीले सबैलाई सेवा दिएको बताउनुभयो ।
मन्दिरको आर्थिक कारोबारमा सहकारीले सहयोग गरेको बताउनुभयो। आउदै गरेको नयाँ बर्ष २०८२ को शुभकामना दिनुभएको थियोे । कार्यक्रममा संस्थाका अध्यक्ष शरदकुमार आचार्यले सहकारीलाई अगाडि बढाउन सबै सदस्यहरुको सहयोग रहेको बताउनुभयो । सहकारीलाई सकारात्मक सहयोग गरेर मार्ग निर्देशन दिन आग्रह गर्नुभयो । लेखा सुपरिवेक्षण समिति संयोजक ध्रुवराज अधिकारीले सहकारीको कार्यसमितीले सकारात्मक काम गरेको बताउनुभयो । सहकारी सबैको सहकार्यमा अगाडि बढेको बताउनुभयो ।
निवर्तमान अध्यक्ष श्रीधर शर्मा पौडेलले ब्यक्तिको कमाइबाट थोरै थोरै बचत गरेर सहजै कामकाज गर्न सजिलो बनाउन सहकारीले भूमिका खेलेको बताउनुभयो । संस्थामा १५ सय बढी सदस्य रहेको र कुल पुजी २० करोड माथि रहेको छ । कार्यक्रमको सहजीकरण शिक्षा उपसमिति सदस्य रञ्जिता अधिकारीले गर्नुभएको थियोे ।