Ad Area

प्रथम खेलकुद तथा सांस्कृतिक मेला, आज पल शाहको विशेष प्रस्तुति


दाङ्,१ बैशाख । घोराहीमा जारी प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक मेलमा अभिनेता पल शाहको विशेष प्रस्तुती हुने भएको छ । दाङ सोसाइटी क्लबको १६ औं वार्षिक उत्सवको अवसरमा चैत ३० गतेदेखि सुरु भएको प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक मेलामा आज अभिनेता पल शाहलगायतका कलाकारको विशेष प्रस्तुती हुने भएको हो ।

खेलकुद र संस्कृति दाङको पहिचान, स्वरोजगारको आधार भन्ने नारासहित सुरु भएको मेलामा दाङ निवासी चर्चित अभिनेता शाहलगायतका कलाकारको प्रस्तुति रहने क्लबका अध्यक्ष लेखनाथ बुढाथोकीले जानकारी दिएका छन् ।

मेलामा प्रवेशका लागि दिउँसो ३ बजेदेखि टिकट खुला हुनेछ। सर्वसाधारणका लागि प्रवेश शुल्क १००, विद्यार्थीका लागि ५० तोकिएको छ भने जेष्ठ नागरिक, अपांग व्यक्ति र पाँच वर्षमुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिए क्लबका महासचिव कुलराज पोख्रेलले जानकारी दिएका छन् ।

पल शाहसँगै सांस्कृतिक कार्यक्रममा हास्यकलाकार कमल गाउले, गायक प्रेम शर्मा, सन्दीप सेन्चुरी, सुदन थापा, ममता थापा, निशा गिरि, डिला घरच्वार र युनिस घिमिरेले आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ। मेलाले दाङको सांस्कृतिक समृद्धि र खेलकुदको विकाससँगै स्थानीय स्वरोजगारलाई समेत प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।