प्रतिष्ठानमा सेवा लिन अनलाइन टिकट

दाङ, १ बैशाख । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो सेवालाई विस्तार गरेको छ ।
सेवालाई प्रविधिमैत्री बनाउँदै प्रतिष्ठानले अव सेवाग्राहीलाई अनलाइन टिकट काट्ने व्यवस्था गरेको छ । सेवा सुधारसँगै थप प्रभावकारी बनाउन अनलाइन टिकट काट्ने र ल्याब रिपोर्ट पनि मोबाईल वा कम्प्युटरमै हेर्न सकिने ब्यवस्था गरेको प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले बताएका छन् ।
प्रतिष्ठानमा सेवा लिन आउने बिरामीहरुको संख्या बढ्न थालेपछि आफुहरु सस्थागत सुधारमा लागि परेको र अनलाइन टिकट काट्ने ब्यबस्था थपिएको प्राध्यापक लम्सालले जानकारी दिएका छन् । उनले अब रिपोर्ट पनि अनलाईनमै हेर्न सकिने ब्यवस्था मिलाएको बताए ।
रजिष्टार लम्सालले अनलाइन व्यवस्था गरेपछि सेवाग्राहीलाई अस्पतालमा धाइरहनुपर्ने बाध्यता हट्ने र भिडभाड कम हुने आशा गरिएको छ । त्यसैगरी प्रतिष्ठानले सामाजिक सुरक्षा कोष अन्तर्गतको उपचार सेवा सञ्चालनमा आइस्केको भन्दै कोषमा आवद्ध सम्पूर्ण नागरिकलाई सेवा दिन समेत अनुरोध गरेको छ