Ad Area

दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाइने, कहाँबाट कसरी लिने ?


बैंकहरुले प्रधान कार्यालय वा अन्य तोकिएका कार्यालयहरुबाट नयाँ नोट सटहीको सुविधा दिनेछन् । राष्ट्र बैंकले भने सोमबारदेखि बालुवाटार कार्यालय र प्रदेशस्थित ७ वटै प्रदेशका प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने कार्यकारी निर्देशक नेपालले जानकारी दिए । यसका अलवा केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका छन् ।

राष्ट्र बैंकले सर्वसाधरणका लागि ३० देखि ३५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । जसमध्ये १२ देखि १५ अर्ब रुपैयाँसम्म ५, १०, २०, ५० र १ सय रुपैयाँको नोटहरु वितरण गर्ने तयारी राष्ट्र बैंकको छ । ‘विगतका केही वर्षको ट्रेण्ड हेर्दा हरेक वर्ष ३० देखि ३५ अर्ब रुपैयाँ हामीले वितरण गर्ने गरेका छौं, यस वर्ष पनि हाम्रो तयारी यस्तै छ,’ उनले भने, ‘१२ देखि १५ अर्ब रुपैयाँ साना दरका नोट साटिन्छ त्यसबाहेक अन्य खर्च समेत असोज र कात्तिकमा धेरै हुने भएकाले ५ सय र १ हजार दरका नोटहरु पनि बजारमा ठूलै मात्रामा जानेछन् ।’ कार्यकारी निर्देशक नेपालका अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुनेछ ।

Blog Post Ad Blog Post Ad