सञ्चारिका समुहकाे ९ औँ महाधिवेशन शुरु

काठमाडौ, ५ बैशाख । सञ्चारिका समूह नेपालको ९ औँ महाधिवेशन काठमाडौमा शुरु भएको छ । संस्थाका अध्यक्ष बिमला तुम्खेवाको अध्यक्षता तथा सञ्चार तथा सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियोे । कार्यक्रममा अतिथि मन्त्री गुरुङले बहुदल आएपछि प्रेस काउन्सिल मात्रै सरकारले बनाएको बताउँदैछ अब मिडिया काउन्सिल बिधेक पनि प्रक्रियामा रहेको बताउनुभयो । `आमसञ्चार बिधेक पनि ड्राफ्ट गर्दै छौँ ´ उहाले भन्नुभयो `पत्रकारको हकहित बारेमा काम गरेको छ ।´
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले सञ्चारिका समूहमा आफू अध्यक्ष रहदा महिला पत्रकारको संख्या बढाउने काम भएको बताउनुभयो । चैत १५ गते काठमाडौमा मिडिया माथि भएको आक्रमणको बिरोध गरेको र पीडित पत्रकारका परिवारले क्षतिपुर्ती पाउनुपर्ने बताउनुभयो ।
सञ्चारिका समूहका निवर्तमान अध्यक्ष एवम् संस्थापक अध्यक्ष बन्दना राणाले सञ्चारिका स्थापना गर्दाका कुराको स्मरण गर्नुभयो । फराकिलो तरिकाले सञ्चारकर्मीको लागि काम गरेको बताउनुभयो ।
सञ्चारिका समूहका निवर्तमान अध्यक्ष बबिता बस्नेतले पत्रकारितामा महिलाको संख्या बढाउने र क्षमता बढाउने उद्देश्यले सञ्चारिका समूह स्थापना भएको बताउनुभयो । पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष नितु पण्डित , न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गिता खडका, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले पत्रकार महिलाहरुको हकहितमा काम गरेको बताउनुभयाे । यस्तै, प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल पत्रकार महासंघका कार्यवाहक निवर्तमान अध्यक्ष बाला अधिकारी, श्रमजीवि पत्रकारका अध्यक्ष जन्मदेव जैसी, बानका सचीव बन्दना लामा, समाजवादी प्रेस संगठनका अध्यक्ष अस्मिता गिरी, wwj का अध्यक्ष रामकला खड्का, प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष कमल गिरी, सञ्चारिका समानता पुरस्कार, २०८०’ पत्रकार धनु विश्वकर्मालाई प्रदान गरेको छ । सञ्चारिका समूह नेपालले स्थापना गरेको उक्त पुरस्कार हिमाल खबर पत्रिकामा प्रकाशित ‘छाउगोठमा महिनावारी बस्दा १७ वर्षमा १६ जनाको गयो ज्यान’ शीर्षकको फिचर समाचारका लागि विश्वकर्मालाई प्रदान गरेको हो।
यसैगरी ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०८०’ धनुषाकाे जनकपुरबाट पत्रकारिता गर्दै आएका पत्रकार सपनाकुमारी कर्णलाई प्रदान गरेको छ । पत्रकार कर्ण जनकपुर जिल्लाको अप्पन टिभीमा कार्यरत रहेका छन् । उक्त पुरस्कार स्व. पत्रकार उमा सिंहको नाममा स्थापना गरिएको हो ।
यसैगरी ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०८०’ इन्डिजिनियस टेलिभिजनमा कार्यरत पत्रकार डोल्मा शेर्पा र रातोपाटी डटकममा कार्यरत सरिता थारुलाई प्रदान गरिएको छ ।
यस्तै ‘सञ्चारिका अग्रणी सम्मान २०८०’ वरिष्ठ पत्रकार डा.हरिकला अधिकारी र वरिष्ठ पत्रकार उषा लोहनीलाई प्रदान गरेको छ ।