Ad Area

लोकतान्त्रिक निर्माण व्यवसायी संघ दाङको अध्यक्षमा खड्का


घोराही, २४ वैशाख । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ दाङको अध्यक्षमा कृष्ण खड्का चयन भएका छन् । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघको बुधवार घोराहीमा भएको प्रथम अधिवेशनले खड्काको अध्यक्षतामा १६ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा दीपक न्यौपाने र गिरधर भण्डारी, महासचिवमा उमाकान्त घिमिरे, सहमहासचिवमा राजेन्द्र श्रेष्ठ र प्रकाश केसी,कोषाध्यक्षमा हरिवंश दाहाल, सहकोषाध्यक्षमा नरेन्द्र कार्की निर्वाचित भएका छन् । संघको जिल्ला कार्यसमिति सदस्यमा मिना घर्तीमगर, लुमाराम बुढाथोकी, अनिल खनाल, बसन्त गिरी, बिक्रान्त योगी, शरद भण्डारी, हरिमाण खत्री र बिजय डाँगी रहेका छन् ।

नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेश तदर्थ समितिका संयोजक विश्वकुमार चन्दको सभापत्वि एवं नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको उद्घाटनसत्रमा बोल्ने बक्ताले व्यवसायिक एकता र पेशागत हकहितका लागि निर्माण व्यवसायीहरु एकजुट भएर लाग्नुपर्ने र त्यसले पार्टीलाई समेत सहयोग पुग्ने बताएका थिए । साथै सहभागी वक्ताहरुले पार्टीको नीति र सिद्धान्त विपरित नजान समेत आग्रह गरेका थिए ।

अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदी, नेपाली कांग्रेस क्षेत्र नं. १ (२) का सभापति दिनेश गिरी, नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावत,दाङ निर्माण व्यवसायी संघका अध्यक्ष प्रविण भण्डारी, नेपाली कांग्रेस क्षेत्र नं. २ का कार्यसमिति सदस्य मधुसुदन अधिकारी, नेपाली कांग्रेस प्रदेशसभा २ (१) का कार्यसमिति सदसय दुर्गा घर्तीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेश सदस्य मिनबहादुर घर्तीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सदस्य बिजय डाँगीले गरेका थिए ।