दाङमा ब्राउन सुगरसहित महिला पक्राउ

घोराही, २४ वैशाख । दाङमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित महिलालाई पक्राउ गरेको छ । राप्ती गाउँपालिका–१, भालुबाङ पुलचोक नजिकैबाट प्रहरीले वैशाख २३ गते साँझ करिब ५ : ५० बजेको समयमा राप्ती गाउँपालिका–२, बह्राखुट्टी निवासी २० वर्षीया सरिता सार्कीलाई पक्राउ गरेको हो ।
लागुऔषध ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरी टोलील घोराहीबाट प्युठानतर्फ जाँदै गरेको भे १ ख ४३३२ नम्बरको इलेक्ट्रिक गाडीबाट लागुऔषधसहित सार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभएको छ ।
प्रहरी नायव उपरीक्षक शाहका अनुसार सार्कीले भित्री कपडामा लुकाएको अवस्थामा २ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेकी महिलालाई प्रहरीले लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिनुभएको छ ।