बुद्धिचाल संघको अध्यक्षमा पुनः शेरपाईली

घोराही, ६ जेठ । बुद्धिचाल संघ दाङको अध्यक्षमा अनिल शेरपाईली चयन हुनुभएको छ । संघको घोराहीमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनवाट शेरपाईली पुनः अध्यक्षमा चयन हुनुभएको हो । ‘‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’’ भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै संघको नयाँ नेतृत्व चयन गरिएको हो । जसको उपाध्यक्ष नवराज श्रेष्ठ, सचिवमा प्रेम सारु मगर र कोषाध्यक्षमा शरद गिरी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा लोकराज गिरी, गोविन्द मल्ल, गजेन्द्र वर्मा र मिनेन्द्र गिरी रहनुभएको छ ।
संघका जिल्ला अध्यक्षध्यक्ष अनिल शेरपाईलीको अध्यक्षता संघका लुम्विनी प्रदेशका उपाध्यक्ष दिनेश थापाको प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनको विशिष्ट आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले बुद्धिचाल हरेक व्यक्तिका लागि बहुउपयोगी खेल रहेको बताउनुुभयो । बुद्धिचाल खेल हरेक व्यक्तिका मानसिक स्वास्थ्य मात्र नभई शारिरीक स्वास्थ्य र स्मरण शक्तिको विकासका लागि उपयोगी खेल रहेको बताउनुभयो । उहाँले भन्नुुभयो–‘ बुद्धिचाल खेलको महत्व पश्चिम नेपाल क्षेत्र फष्टाउदै अझै सकेको छैन । ’ जसका लागि राज्यले राष्ट्रिय प्रतियोगिताका रुपमा विकास र लगानी गर्न आवश्यक देखिन्छ ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव सबिन प्रियासनले बुद्धिचाल आफैमा भद्र र मस्तिष्क बद्र्धक खृेल रहेकाले यसको खेलको विकासमा पछिल्लो पुुस्ताहरु अग्रसर बन्नुपर्नेमा बताउनुभयो । अहिले प्रविधिको विकास सँगै यस्ता खेलप्रतिको अभिरुची नयाँ पुुस्तामा घट्दै गइरहेकाले नयाँ प्रविधिको विकाससँगै यस्ता शारिरीक तथा मानसिक बृद्धि विकासका लागि सकारात्मक प्रभाव पार्ने उहाँको भनाई थियो । कार्यक्रममा जिल्ला खेलकूद विकास समितिका कार्यालय सदस्य राकेश परियार , नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश परिषद सदस्य गिरिराज नेपाली, अखिल क्रान्तिकारी लुम्विनी प्रदेशका उपाध्यक्ष गिर बहादुर महरा लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
त्यस्तै संघको जिल्ला सल्लाहकारमा सविन प्रियासन, दिप बहादुर केसी र गिरिराज नेपालीलाई चयन गरिएको छ । संघको संस्थागत प्रतिवेदन सचिव प्रेम सारु मगर र आर्थिक प्रतिवेदन शदर गिरीले गर्नुभएको थियो ।