Ad Area

तुलसीपुर कप खुला पुरुष फुटबल प्रतियोगिता हुने


लक्ष्मण बस्नेत
तुलसीपुर, ७ जेठ । दाङको तुलसीपुरमा प्रथम ‘तुलसीपुर कप खुला पुरुष फुटबल प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ। तुलसीपुर ब्वाइजको आयोजनामा प्रतियोगिता जेठ २० गतेदेखि अरनिको खेलमैदानमा सुरु हुनेछ।

स्थानीय स्तरमा फुटबल खेलको विकास, नव प्रतिभावान खेलाडीको पहिचान तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संयोजक फर्सा घर्तीमगरले जानकारी दिएका छन् । प्रतियोगिता पाँच दिनसम्म सञ्चालन हुनेछ र १२ भन्दा बढी टिमको सहभागिता रहने अनुमान गरिएको छ।प्रतियोगिताको विजेता टिमलाई नगद र ५० हजार र उपविजेता टिमलाई रु २५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

त्यस्तै, उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि सम्मान गरिनेछ। उत्कृष्ट खेलाडीलाई नगद तीन हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। त्यसैगरी बेष्ट डिफेन्स, बेष्ट किपर र हाई स्कोररलाई ट्रफी र प्रमाणपत्र दिइनेछ। हरेक खेलको ‘म्यान अफ द म्याच’ लाई पनि ट्रफी प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुने टिमहरूले जेठ १८ गतेभित्र पाँच हाजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ। प्रतियोगिता नकआउट प्रणालीमा खेलाइनेछ।