गणतन्त्र दिवस तिन दिनसम्म मनाइने

दाङ, ११ जेठ । दाङ जिल्लामा अठारौँ गणतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी ३ दिनसम्म भव्य रूपमा मनाइने भएको छ । गणतन्त्र दिवस मुल समारोह समितिका संयोजक नित्यानन्द शर्माको संयोजकत्वमा जिल्ला समन्वय समितिमा विहिबार बसेको गणतन्त्र दिवस २०८२ मुल समारोह समितिको बैठकले उक्त निर्णय गरेको हो ।
नेपाल सरकार गृहमन्त्रालयले गरेको परिचयपत्र बमोजिम सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा बैठकले गणतन्त्र दिवसमा विविध खेलकुद प्रतियोगिता आयोजना गर्ने, सांस्कृतिक प्रस्तुती देखाउने, रक्तदान कार्यक्रमको आयोजना गर्ने, बालबालिकालाई स्टेशनरी सामाग्री वितरण गर्ने, गणतन्त्र दिवसमा अवसरमा संवाद कार्यक्रमको आयोजना गर्ने, तीन दिन सम्म सरकारी कार्यालय, संघसंस्था तथा हरेक नागरिकका घरघरमा दिपावली गर्ने, विभिन्न स्थानमा सरसफाइ कार्यक्रमको आयोजना गर्ने लगायतका निर्णय गरेको हो ।
बैठकमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख अर्जुन तिमिल्सेना, सशस्त्र प्रहरी ज्वालामाइ गणका प्रमुख मनोज धिताल, शिक्षा विकास तथा समन्वय इकाई दाङका प्रमुख देवमणि चौधरी, जिल्ला समन्वय अधिकारी सावित्री श्रेष्ठ, अनुसन्धान कार्यालय दाङका प्रमुख रमेशसिंह डाँगी नेपाली सेनाका सेनानी भेषराज कंडेल, पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशी, नेपाली कांग्रेसका उपसभापति कमानसिंह भारती, नेकपा एमाले दाङका अध्यक्ष शिवकुमार आचार्य, नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्य, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य लगायतको उपस्थिति रहेको थियो ।
साथै बैठकले गणतन्त्र दिवसकै अवसर पारेर यही जेठ १४ गते घोराहीको नवलपुरमा जनप्रतिनिधि तथा कर्मचारीको टीम बिच मैत्रीपुर्ण फुटवल प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको छ । जनप्रतिनिधिको टिमको नेतृत्व जिल्ला समन्वय प्रमुख नित्यानन्द शर्माले गर्ने छन् भने कर्मचारीको टिमको नेतृत्व प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले गर्ने छन् । नवलपुर खेल मैदानमा जेठ १४ गते बिहान ७ बजे हुने मैत्रीपुर्ण फुटवल प्रतियोगितामा सहभागिता जनाउन पनि बैठकले सबै खेलप्रेमीलाई आह्वान गरेको छ । विजयी टिमलाई नगद पुरस्कारको पनि व्यवस्था मिलाइएको छ ।
त्यसैगरी गणतन्त्र दिवसको महत्वलाइ आम नागरिक माँझ पु¥याउन विभिन्न रेडियो सन्देश तथा पत्रपत्रिकामा लेख रचना प्रकाशन गर्नका लागि बैठकले नेपाल पत्रकार महासंघलाई आग्रह गर्ने निर्णय गरेको छ । गणतन्त्र दिवसकै अवसर पारेर जेठ १५ गते बिहान ७ बजे जिल्ला प्रशासन कार्यालयबाट प्रभातफेरी कार्यक्रम सुरु गरीने निर्णय पनि बैठकले गरेको छ । बाजा गाजा सहित उक्त ¥यालीमा सरकारी कार्यालयका कर्मचारी, जनप्रतिनिधि, जिल्लास्थित सम्पूर्ण सुरक्षा निकायका प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा पदाधिकारी, सञ्चारकर्मी, उद्योगी व्यवसायी, गैरसरकारी संघसंस्थाका प्रतिनिधि एवम् नागरिक समाजका प्रतिनिधि सहभागि हुन पनि बैठकले सबैलाई आह्वान गर्ने निर्णय गरेको छ ।
¥यालीले घोराहीका मुख्य बजार परिक्रममा गरेर जिल्ला समन्वय समितिमा कोणसभा गरी समापन हुने छ । सोही दिन स्वास्थ्य कार्यालय दाङ र रेडक्रस सोसायिटि दाङको संयुक्त आयोजनामा कोणसभास्थल जिल्ला समन्वय समिति दाङको प्रांगणमा रक्तदान कार्यक्रमको आयोजना गर्ने छ । गणतन्त्र दिवसकै अवसर पारेर शिक्षा विकास तथा समन्वय इकाई दाङले बालमन्दिरमा फरक क्षमता भएका गरिब तथा जेहन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने पनि बैठकमा निर्णय भएको छ ।