Ad Area

बस दुर्घटनामा २५ जना बढी घाइते


तस्वीर : देवीराम कुसारी

तुलसीपुर, २५ जेठ । दाङमा यात्रु बाहक बस दुर्घटनामा परेको छ । दंगीशरण गाउँपालिका–२ कौवाघारीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना १ ख ४००९ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् ।

गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको बस आइतवार विहान करिव पौने ११ बजेतिर दुर्घटनामा परेको थियो । बस दुर्घटनामा २५ जना जति यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभएको छ ।स्कुल बसलाई साइट दिने क्रममा बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

बसमा रहेका ३० जना यात्रु मध्ये करिव २५ जना घाइते भएको र घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको प्रहरी निरीक्षक रानाले बताउनुभयो । उद्धार गरेर घाइतेलाई अस्पताल पठाउने काम भइरहेकाले घट्नाको पूर्ण विवरण आउन बाँकी रहेको बताउनुभयो ।