Ad Area

बखरिया बस दुर्घनामा दुई जनाको मृत्यु


तुलसीपुर, २५ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रुबाहक बस पल्टिदा मृत्यु हुनेको संख्या २ पुगेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाका अनुसार मृत्यु हुनेमा दंगीशरण गाउँपालिका– २ निवासी ६५ बर्षीय नारायण भण्डारी र सोही ठाउँ निवासी ३७ बर्षीय शान्ता खडका चौधरी रहेका छन् ।

गोल्टाकुरीबाट तुलसीपुरका लागि छुटेको ना४ख ४००९ नम्बरको बस बखरिमा पल्टिदा घाइते भएका थिए । घाइतेको उपचारका क्रममा राप्ती प्रादेशकि अस्पताल तुलसीपुमरमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसान्धानका क्रममा बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरुमा २५ बर्षीय मनिषा बस्नेत, ५२ बर्षीय गोमा सार्की, ६० बषीय मोतिसरा सुनार, ३४ बर्षीय सीता पुन, ३२ बर्षीय सीमा पुन, २७ बर्षीय कमला नेपाली, ८ बर्षीय कमलाका छोरा शंकर नेपाली, ९ बर्षीय सुशान्त नेपाली, ४१ बर्षीय नोखीराम बिक, ४८ बर्षीय कुशल बिक, ३२ बर्षीय ललिता सुनार, ४८ बर्षीय कमला नेपाली, ४६ बर्षीय अमृत कुसारी, ४५ बर्षीय पार्वती नेपाली रहेका छन् ।

त्यसैगरी १२ बर्षीय राजेश विक, १० बर्षीय, प्रज्ज्वल परियार, ४४ बर्षीय भिमा वली, ४३ बर्षीय लक्ष्मी नेपाली, दश बर्षीय मन्दिका नेपाली, १५ बर्षीय यशोदा बस्नेत, ४५ बर्षीय चुडामणी बिक, ३३ बर्षीय रोशन बिक, ४१ बर्षीय बालिका वली, २४ बर्षीय घनश्याम बस्नेत, ४१ बर्षीय सूर्य नेपाली, ४८ बर्षीय ठाकुरप्रसाद गिरी, २३ बर्षीय सीता कुसारी, ४९ बर्षीय प्रिन्स कुसारी,४३ बर्षीय लक्ष्मी नेपाली, २३ बर्षीय अनन्त किरण शर्मा, १९ बर्षीय टीका घर्ती रहेका छन् । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।