Ad Area

दाङमा १ लाख ९७ हजार बढी रकमसहित ६ जुवाडे पक्राउ


दाङ,२३ मंसिर । दाङमा प्रहरीले १ लाख ९७ हजार बढी रकमसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

बुधबार राति साढे १० बजेतिर घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँ निवासी ३२ वर्षीय निमबहादुर भण्डारीको घरमा अवैध रुपमा जुवा खेलिरहेको अवस्थामा एक लाख ९७ हजार बढी रकमसहित ६ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

उना अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १३ डुम्मर गाउँ निवासी ३२ बर्षीय निमबहादुर भण्डारी, रोल्पा जिल्ला माडी गाउँपालिका ४ निवासी ५७ वर्षिय रणे वली, सोही गाउँपालिका ३ निवासी ४० वर्षिय कुल बहादुर खड्का, सोही ठाउँ निवासी ३० वर्षिय रामकृष्ण खड्का, ४० वर्षिय राजेश वली र रोल्पा परिर्वतन गाउँपालिका ४ निवासी ३८ वर्षिय ललित बुढा रहेका छन् ।

त्यस्तै अवैध रुपमा पैसाको हारजित हुने गरी जुवा खेलिरहेकाकोे साथबाट एक लाख ९७ हजार सात सय ५५ रुपैँया नगद र ५ गड्डी खोलेको र ५ जड्डी नखोलेको तास बरामद गरेको छ । साथै उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad