दाङका स्थानीय तहमा नौ अर्ब बढी बजेट

दाङ, ११ असार । दाङका दश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि करिब नौ अर्ब बढी बजेट ल्याएका छन् । जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकाले मङ्गलवार आगामी आर्थिक वर्षका लागि नौ अर्ब ३४ करोड ११ लाख ३१ हजार पाँच सय २४ रुपैयाँ बराबरको बजेट ल्याएका हुन् । स्थानीय तहले आगामी आर्थिक वर्षका लागि ल्याएको समग्र बजेटमध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाले दुई अर्ब २९ करोड २७ लाख रुपैयाँको बजेट ल्याएको छ भने सबैभन्दा थोरै दंगीशरण गाउँपालिकाले ४५ करोड ११ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ ।
यसैगरी तुलसीपुर उपमहानगरपालिकाले दुई अर्ब छ करोड ६६ लाख ९३ हजार आठ सय ५५ रुपैयाँ, लमही नगरपालिकाले ८८ करोड ३१ लाख ७७ हजार नौ सय २९ रुपैयाँ, गढवा गाउँपालिकाले ७८ करोड ७५ लाख ९४ हजार, राप्ती गाउँपालिकाले ६३ करोड ६१ लाख ३१ हजार, बंगलाचुली गाउँपालिकाले ६२ करोड ६६ लाख, राजपुर गाउँपालिकाले ६० करोड २४ लाख ६५ हजार आठ सय चार, बबई गाउँपालिकाले ५० करोड ५१ लाख, शान्तिनगर गाउँपालिकाले ४८ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट ल्याएका छन् । स्थानीय तहले पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा विशेष जोड दिएका छन् ।
घोराही उपमहानगरपालिका
घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि दुई अर्ब २९ करोड बढीको बजेट प्रस्तुत गरेको छ । मङ्गलवार भएको नगर सभाको १७ औँ अधिवेशनमा उपप्रमुख हुमा डिसीले आगामी आर्थिक वर्ष ०८२÷०८३ का लागि दुई अर्ब २९ करोड २७ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।
दुई अर्ब २९ करोड २७ लाख बजेटमध्ये एक अर्ब २८ करोड ७५ लाख ९५ हजार चालु खर्च र एक अर्ब ५१ लाख पाँच हजार रुपैयाँ पुँजीगत रहेको छ । घोराहीले आर्थिक वर्ष ०८१÷०८२ मा दुई अर्ब ४२ करोड ७७ लाख १८ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो । उक्त बजेटको तुलनामा घोराहीले आगामी आर्थिक वर्षमा १३ करोड ५० लाख १७ हजार नौ सय ८४ रुपैयाँ घटाएर बजेट ल्याएको हो ।
आर्थिक वर्ष ०८२÷०८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि संघ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय सामानीकरण अनुदान, राजस्व बाँडफाँट र रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आयबाट एक अर्ब ४२ करोड ९२ हजार रुपैयाँमध्ये ५६ करोड १९ लाख ८७ हजार चालु खर्च र ८५ करोड ८१ लाख पाँच हजार रुपैयाँको पुँजीगत खर्चका लागि बजेट विनियोजन गरिएको उपप्रमुख डिसीले जानकारी गराएकी थिइन् । संघ सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ ८३ करोड ३४ लाखमध्ये १० करोड ८३ लाख पुँजीगत र ७२ करोड ५१ लाख चालु खर्च रहेको छ ।
प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ तीन करोड ९२ लाख आठ हजार रुपैयाँमध्ये तीन करोड ८७ लाख पुँजीगत र पाँच लाख आठ हजार रुपैयाँ चालु खर्चतर्फ रहेको छ । उपमहानगरपालिकाले विगतदेखि कार्यान्वयनमा रहेका अधुरा, क्रमागत तथा बहुवर्षीय आयोजना, पिच सडकको नियमित मर्मत एवम् दिगो व्यवस्थापनलगायत पूर्वाधार विकासतर्फ ७९ करोड ९४ लाख ५० हजार, सामाजिक विकासतर्फ ८६ करोड ५२ लाख २० हजार, सरसफाइ, वन, वातावारण तथा विपद् व्यवस्थापन अन्तर्गत दुई करोड २९ लाख २० हजार, सामाजिक विकासतर्फ ८६ करोड ५२ लाख २० हजार, शिक्षा, युवा तथा खेलकुद आन्तरिकतर्फ आठ करोड ६९ लाख ३० हजार रुपैयाँ रहेको छ ।
यसैगरी आर्थिक विकास अन्तर्गत् छ करोड ६७ लाख ४४ हजार, खेलकुद प्रतियोगिता सञ्चालनका लागि ३७ लाख ५० हजार, उज्यालो आँखा कार्यक्रमका लागि १५ लाख तथा वडास्तरीय योजना तथा कार्यक्रमका लागि घोराहीका १९ वटै वडाको पूर्वाधार विकासतर्फ नौ करोड ३१ लाख तथा अन्य सामाजिक विकास कार्यक्रम एवम् कार्यालय सञ्चालनतर्फ छ करोड २६ लाख ४४ हजारका दरले १५ करोड ५५ लाख ४६ हजार, पर्यटन तथा संस्कृति प्रवर्धनका लागि १७ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका
तुलसीपुर उपमहानगरपालिकाले दुई अर्ब छ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मङ्गलवार उपमहानगरको १७ औँ नगर सभामा आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि उपप्रमुख स्यानी चौधरीले दुई अर्ब छ करोड ६६ लाख ९३ हजार आठ सय ५५ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।
उपमहानगरपालिकाले कृषि पशु र पर्यटन क्षेत्रको विकास, समाजिक क्षेत्रको विकास र सामाजिक सुरक्षा गुणस्तरीय भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको जनाएको छ । जसमा आन्तरिक स्रोतबाट ५२ करोड, स्थानीय तह राजस्व बाँडफाँट मालपोत रजिस्टे«सनबाट १५ करोड, ढुङ्गा, गिट्टी, दहत्तर बहत्तरबाट पाँच करोड र विज्ञाप करबाट १५ लाख गरी कुल आम्दानी ७२ करोड १५ लाख रुपैयाँ अनुमान गरिएको छ ।
सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानमा समानीकरण अनुदान २८ करोड ३३ लाख, सशर्त अनुदान ७२ करोड ९३ लाख, समपूरक अनुदान ९२ लाख र राजस्व बाडँफाँड सङ्घतर्फ २३ करोड २० लाख ९९ हजार आठ सय रुपैयाँ गरी एक अर्व २५ करोड ३८ लाख ९९ हजार आठ सय ५५ रुपैयाँ प्राप्त हुनेछ ।
यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने अनुदान समानीकरण अनुदान एक करोड ९६ लाख ६६ हजार, सशर्त अनुदान दुई करोड पाँच लाख आठ हजार, समपुरक अनुदान एक करोड ५० लाख, विशेष अनुदान १७ लाख, राजस्व बाँडफाँट प्रदेश दुई करोड २४ लाख २० हजार गरी कुल सात करोड ९२ लाख ९४ हजार र अन्य संघसंस्थाका अनुदानमा सडक बोर्ड नेपालबाट एक करोड २० लाख गरी कुल आम्दानी बजेट अनुमान गरिएकोमा व्ययतर्फ कार्यालय सञ्चालन र प्रशासन खर्चतर्फ ३१ करोड ३० लाख, नगर विकास कोष सावाँ व्याज, किस्ता, भुक्तानी चार करोड १६ लाख रुपैयाँ अनुमानित गरिएको छ ।
यसैगरी महाशाखा, शाखाहरूको प्रशासनिक र कार्यक्रम खर्च १६ करोड २१ लाख, वडास्तरीय प्रशासनिक योजना तथा कार्यक्रम खर्च १५ करोड २० लाख, नगरस्तरीय चालु योजना तथा कार्यक्रम खर्च १२ करोड सात लाख, नगरस्तरीय पुँजीगत योजना तथा कार्यक्रम खर्च १५ करोड ८९ लाख, दायित्व वहुवर्षीय ठेक्का तथा योजनाहरू १२ करोड रहेको छ ।
त्यसैगरी संघ, प्रदेश र अन्य म्याचिङ पाँच करोड, मर्मत सम्भार कोष एक करोड, नदीजन्य पदार्थको प्रदेश सरकारलाई बाँडफाँट दुई करोड, नदीजन्य पदार्थको उत्खन्नबाट प्राप्त प्रभावित क्षेत्रमा योजना सञ्चालन ५६ लाख ८५ हजार आड सय ५५, वडाका नगरस्तरीय गौरवका आयोजना नौ करोड ५० लाख, लागत साझेदारी तीन करोड, सङ्घीय सरकार सशर्त कार्यक्रम ७२ करोड ९३ लाख, सङ्घीय सरकार समपूरक अनुदान कार्यक्रम ९२ लाख रहेका छ ।
प्रदेश सरकार सशर्त अनुदान दुई करोड पाँच लाख आठ हजार, प्रदेश सरकार समपूरक अनुदान कार्यक्रम एक करोड ५० लाख, प्रदेश सरकार विशेष अनुदान कार्यक्रम १७ लाख, सडक बोर्ड नेपालबाट प्राप्त एक करोड २० लाख गरी कुल बजेट खर्च दुई अर्ब ६ करोड ६६ लाख ९३ हजार आठ सय ५५ रुपैयाँ अनुमान गरिएको छ । आगामी आर्थिक वर्षका लागि कृषि विकास र पशु सेवातर्फ एक÷एक करोड र अन्तर्गत विषादी परीक्षण प्रयोगशाला निर्माणका लागि ३० लाख, पालिका भित्रका विद्यालय पूर्वाधार मर्मत गर्न ५० लाख, विद्यालय स्वास्थ्य प्रवर्धन कार्यक्रम तथा बालमैत्री विद्यालय शिक्षा कार्यक्रममा २० लाख, मेट्रो कलेज तथा बहुप्राविधिक शिक्षालयका लागि एक करोड, फोहरमैला व्यवस्थापनका लागि आधुनिक कम्प्याक्टर व्यवस्थापनका लागि एक करोड, आधुनिक दमकल खरिदका लागि एक करोड, विपद् व्यवस्थापन कोषमा एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यसैगरी दिदीघर भवन निर्माणका लागि ५० लाख, सुस्तश्रवण विद्यार्थीहरूका लागि छात्राबास निर्माण गर्न ४० लाख, अरनीको मैदान थप पूर्वाधार निर्माणका लागि २० लाख, तुलसीपुरमा मानव सेवा भवन निर्माणका लागि २५ लाख, भारतीय राजदूतावासको सहयोगमा राप्ती आँखा अस्पतालमा निर्माण भइरहेको ओटी भवनका लागि आवश्यक बजेटका साथै आँखाको थेरापी मेसिन खरिदका लागि २५ लाख रुपैयाँ छुट्याइएको छ । शिक्षा युवा तथा खेलकुदतर्फ गुणस्तरीय शिक्षाको विकास गरी रोजगारीमूलक शिक्षा प्रदान गर्न ६० लाख २८ हजार रुपैयाँ विनियोजन गरिएको छ । कृषि गुणस्तरीय उत्पादन र नगदेबालीको विकास गर्न एक करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
लमही नगरपालिका
लमही नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२÷०८३ का लागि ८८ करोड ३१ लाख रुपैयाँ बढीको बजेट ल्याएको छ । मङ्गलवार बसेको लमहीको १७ औँ नगर सभामा उपप्रमुख लक्ष्मी योगीले आगामी आर्थिक वर्षका लागि ८८ करोड ३१ लाख सात हजार नौ सय २९ रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन ।
विनियोजन गरेको बजेटको प्रशासनिकतर्फ १६ करोड ५५ लाख, पूर्वाधारतर्फ सात करोड, शिक्षातर्फ पाँच करोड तीन लाख ९३ हजार रुपैयाँ रहेको छ । यसैगरी समपुरकमा दुई करोड ३७ लाख छ हजार नौ सय २९ रुपैयाँ, अधुरा आयोजना (क्रमागत आयोजना)का लागि दुई करोड ३० लाख, लमही अस्पतालका लागि एक करोड ५० हजार, विपद व्यवस्थापन कोषका लागि एक करोड, विपद् व्यवस्थापन शाखाका लागि २५ लाख ६० हजार, जनतासँग मेयर कार्यक्रमका लागि एक करोड, जनतासँग उपमेयर कार्यक्रमका लागि एक करोड, पशु सेवा शाखाका लागि ५७ लाख रहेको छ ।
त्यसैगरी कृषि शाखाका लागि ५४ लाख, स्वास्थ्य शाखाका लागि ६२ लाख ५० हजार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका लागि ५० लाख, सुशासन तथा संस्थागत विकासका लागि ४७ लाख रुपैयाँ रहेको छ । यसैगरी आयुर्वेद शाखाका लागि ४० लाख, खानेपानी सरसफाइ तथा स्वच्छता उपशाखाका लागि ३६ लाख ६५ हजार, पर्यटन तथा प्रवर्धन उपशाखाका लागि २० लाख, सामी कार्यक्रमका लागि १९ लाख ८५ हजार, सहकारी शाखाका लागि १६ लाख २५ हजार, लघु उद्यम विकास कार्यक्रमका लागि १३ लाख रहेको छ ।
भूमि व्यवस्थापन शाखाका लागि १० लाख, सूचना तथा सञ्चार प्रविधि शाखाका लागि आठ लाख, योजन शाखाका लागि सात लाख ५० हजार, उपभोक्ता तथा हित संरक्षण शाखाका लागि छ लाख २५ हजार, राजस्व शाखाका लागि पाँच लाख, न्यायिक समितिका लागि १८ लाख ५० हजार, वन तथा वातावरण उपशाखाका लागि छ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी वडास्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि एक करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
राप्ती गाउँपालिका
राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ६३ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको छ । मङ्गलवार गाउँपालिकाको दोस्रो गाउँ सभाको सातौँ अधिवेशनमा उपाध्यक्ष कमलापती चौधरीले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ६३ करोड ६१ लाख ३१ हजार पाँच सय २४ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
गत वर्षभन्दा पाँच करोड रुपैयाँ घटाएर गाउँपालिकाले बजेट ल्याएको हो । राप्तीको गत वर्ष ६८ करोड ५९ लाख ७४ हजार रुपैयाँ विनियोजन गरिएको थियो । ‘समृद्ध राप्ती, सुखी र खुसी राप्तीबासी’ भन्ने मुल नाराका साथ उपाध्यक्ष चौधरीले आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट प्रस्तुत गरेकी थिइन् ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशिलतालाई जोड दिँदै बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमा वित्तीय हस्तान्तरणबाट प्राप्त हुने अनुदान ४२ करोड ९३ लाख ७५ हजार र राजस्वतर्फ २० करोड ६७ लाख ५६ हजार पाँच सय २४ रुपैयाँ अनुमान गरिएको छ ।
जसमा सङ्घीय अनुदानतर्फ ३९ करोड ९१ लाख र प्रदेश अनुदानतर्फ तीन करोड दुई लाख ७५ हजार रुपैयाँ अनुमान गरिएको छ । यसैगरी सङ्घीय राजस्व बाँडफाँटबाट प्राप्त हुने आयतर्फ १३ करोड तीन लाख ७८ हजार पाँच सय २४ र प्रदेश राजस्च बाँडफाँटबाट एक करोड १३ लाख ७८ हजार रुपैयाँ, स्थानीय राजस्व बाँडफाँटबाट तीन करोड र आन्तरिक आयबाट तीन करोड ५० लाख रुपैयाँ आय अनुमान गरिएको छ ।
दंगीशरण गाउँपालिका
दंगीशरण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ४५ करोड ११ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । गाउँपालिकाको मङ्गलवार बसेको १९ औँ गाउँ सभाको दोस्रो बैठकमा उपाध्यक्ष पिमा वली खड्काले आर्थिक वर्ष ०८२÷०८३ का लागि ४५ करोड ११ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
कुल बजेटमध्ये सङ्घीय सरकारबाट वित्तीय समानीकरणबतर्फ नौ करोड ५० लाख, सशर्त अनुदानतर्फ १७ करोड २६ लाख, राजस्व बाँडफाँटबाट नौ करोड ४० लाख ५३ हजार तीन सय ८३ रुपैयाँ, समपुरक अनुदानतर्फ ९७ लाख र विशेष अनुदानतर्फ ६९ लाख गरी ३७ करोड ८२ लाख ५३ हजार तीन सय ८३ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत ६३ लाख ३८ हजार, सशर्त अनुदान अन्तर्गत ७५ लाख, विशेष अनुदार्न १८ लाख, समपुरक अनुदान ७५ लाख र राजस्व बाँडफाँट ७८ लाख ५९ हजार एक सय गरी जम्मा तीन करोड नौ लाख ९७ हजार एक सय र आन्तरिक राजस्वतर्फ ८० लाख ५० हजार चार सय, घरजग्गा रजिस्ट्रेसन शुल्क ४० लाख र नदीजन्य पदार्थ बिक्री वितरणबाट ३५ लाख गरेर जम्मा एक करोड ५५ लाख ५० हजार चार सय रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ । यसैगरी अनुमानित बैंक मौज्दात तथा बचत दुई करोड ६३ लाख ४० हजार एक सय १७ रुपैयाँ हुने अनुमान छ ।
गत आर्थिक वर्षमा चालुतर्फ ७३ दशमलव पाँच प्रतिशत र पुँजीगततर्फ ३६ दशमलव पाँच प्रतिशत रहेको थियो भने यो आर्थिक वर्षमा प्रतिशतका हिसाबले चालुतर्फ ६१ प्रतिशत र पुँजीगततर्फ ३८ दशमलव ३९ प्रतिशत रहेको छ । यस आर्थिक वर्षमा सङ्घीय सशर्त अनुदान चालुतर्फ १३ करोड ३७ लाख रहेको छ ।
सशर्त पुँजीगततर्फ तीन करोड ८९ लाख, प्रदेश सशर्त अनुदान पुँजीगततर्फ ७५ लाख रुपैयाँ रहेको छ । दंगीशरण गाउँपालिकाको १९ औँ गाउँ सभाको दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले सभासमक्ष दंगीशरण गाउँपालिकाको आर्थिक ऐन २०८२, आर्थिक वर्ष ०८२÷०८३ को वार्षिक बजेट तथा कार्यक्रम, दंगीशरण गाउँपालिकाको विनियोजन ऐन २०८२ र दंगीशरण गाउँपालिकाको महटावाँ प्रणाली संरक्षण, प्रवर्धन र विकास गर्न बनेको विधेयक प्रस्तुत गरेकी थिइन् ।
बंगलाचुली गाउँपालिका
बंगलाचुली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ६२ करोड ६६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । मङ्गलवार दोस्रो गाउँ सभाको सातौँ अधिवेशनमा पालिका उपाध्यक्ष भक्तबहादुर जिसीले आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट प्रस्तुत गरेका हुन् ।
गाउँपालिकाले चालुतर्फ ३९ करोड २६ लाख र पुँजीगततर्फ २३ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले अनुमानित बजेटका लागि नेपाल सरकारबाट प्राप्त हुने अनुदान ४२ करोड नौ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट ११ करोड चार लाख, प्रदेश सरकारको अनुदानबाट दुई करोड ५१ लाख र राजस्व बाँडफाँटबाट एक करोड तीन लाख रुपैयाँ, आन्तरिक राजस्वबाट एक करोड ५० लाख र गत वर्षको मौज्दातबाट एक करोड ५६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
गाउँपालिकाले शिक्षालाई सर्वाङ्गीण विकासको मुख्य आधार मान्दै भौतिक तथा संस्थागत विकासका लागि २५ करोड ५८ लाख रुपैयाँ विनियोजन गरेको छ । यसैगरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र सञ्चालन व्यवस्थापनका लागि थप चार करोड २४ लाख रुपैयाँ छुट्याइएको छ । जुन कुल बजेटको सबैभन्दा ठुलो हिस्सा हो । पालिकाले भौतिक पूर्वाधार र खानेपानीतर्फ एक करोड ६२ लाख रहेको छ ।
त्यसैगरी सडक, सिँचाइ, विद्युतीकरणलगायतका पूर्वाधार निर्माण, मर्मत सम्भार र विपद् व्यवस्थापनका लागि एक करोड ५० लाख, स्वास्थ्यतर्फ दुई करोड ३१ लाख ५० हजार, कृषि, पशुपन्छी, उद्योग र पर्यटनतर्फ ५७ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रमसहित युवा रोजगारीका लागि ६७ लाख, वन कार्यक्रमका लागि ४० लाख र बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको बजेट उपाध्यक्ष जिसीले प्रस्तुत गरेका हुन् ।
यसैगरी गाउँपालिकाले बालबालिका, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायको क्षमता विकासका लागि ४० लाख, खेलकुद विकासका लागि १६ लाख ५० हजार र बालमैत्री स्थानीय शासन लागु गर्न सात लाख रुपैयाँ विनियोजन गरेको छ ।
शान्तिनगर गाउँपालिका
शान्तिनगर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ४८ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । मङ्गलवार भएको गाउँपालिकाको १८ औँ गाउँ सभामा उपाध्यक्ष प्रेमाकुमारी बुढाथोकीले आगामी आर्थिक वर्ष ०८२÷०८३ का लागि ४८ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
गाउँपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा र खेलकुद, कृषि तथा पशुपालन, महिला तथा बालबालिका, खानेपानी, सरसफाइ तथा उर्जाको विषयलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधारतर्फ गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि बहुवर्षीय अन्तर्गत तीन करोड रहेको छ ।
वडा नं. ३ को भवन निर्माणका लागि २५ लाख, वडा नं. ७ अन्तर्गत पर्ने बैसा–धनौरी सडक कालोपत्रे योजनाका लागि सङ्घीय सरकारको समपुरक र वडा नं. ४ र ७ का लागि जुम्लेपानी–खैरेनी सडक कालोपत्रे गर्न प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन हने तथा अन्य संघ÷प्रदेशको साझेदारी रणनीतिक महत्वका योजनाका लागि दुई करोड ५० लाख विनियोजन गरेको छ ।
यसैगरी गाउँपालिकाभित्र रहेको बाँझो जग्गा सदपुयोगका लागि कृषि विकास अन्तर्गत १० लाख, स्थानीय कृषि उपजलाई सङ्कलन तथा बजारसम्म सहज पहुँचको व्यवस्था गर्न कृषि एम्बुलेन्स सञ्चालनका लागि सङ्घीय सरकारको साझेदारीमा हुने गरी १५ लाखलगायतको बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले सङ्घीय सरकारले समानीकरण अनुदान १० करोड पाँच लाख, सशर्त अनुदान १८ करोड ५१ लाख, राजस्व बाँडफाँटबापत नौ करोड ५८ लाख ४५ हजार तीन सय ३७, सम्पूरक अनुदान एक करोड २९ लाख गरी ३९ करोड ४४ लाख ४९ हजार तीन सय ३७ रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।
यसैगरी प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदानतर्फ ६७ लाख ११ हजार, सशर्त अनुदान ५८ लाख, राजस्व बाँडफाँटबापत ८० लाख ५२ हजार, विशेष अनुदान १८ लाख, सम्पूरक अनुदान ७५ लाख गरेर तीन करोड २६ लाख ४३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । गाउँपालिकाको आन्तरिक आय तथा चालु वर्षको अन्त्यमा बचत हुने बैंक मौज्दात आठ करोड २७ लाख ६१ हजार गरेर कुल ४८ करोड ९८ लाख ५३ हजार तीन सय ३७ रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
राजपुर गाउँपालिका
राजपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ६० करोड २४ लाख रुपैयाँ बढीको बजेट ल्याएको छ । मङ्गलवार भएको गाउँ सभाको बैठकमा उपाध्यक्ष धनपतिदेवी यादवले आगामी आर्थिक वर्ष ०८२÷०८३ का लागि ६० करोड २४ लाख ६५ हजार आठ सय चार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।
गाउँपालिकामा विकास निर्माणको कामलाई प्राथमिकता दिँदै पूर्वाधार विकासका लागि करिब १७ करोड, सुशासन तथा संस्थागत विकासका लागि १४ करोड चार लाख ४५ हजार, सामाजिक विकास अन्तर्गत शिक्षातर्फ छ करोड ८५ लाख र स्वास्थ्यतर्फ ९१ लाख ५० हजार रहेको छ ।
आर्थिक विकास अन्तर्गत व्यावसायिक कृषि तथा पशुपालनको क्षेत्रलाई व्यवसायीकरण गर्न लागत साझेदारीमा कृषि तथा पशु विकासमा आधारित साना किसान युवा उद्यमशिलता विकास परियोजना कार्यक्रम र उद्योग, बजार व्यवस्थापन र पर्यटन प्रवर्धन गरी आयआर्जन वृद्धि गर्न, सिँचाइ क्षेत्रको विकास र विस्तारलगायतका लागि तीन करोड १२ लाख ९३ हजार रुपैयाँ विनियोजित बजेट उपाध्यक्ष यादवले प्रस्तुत गरेकी थिइन् ।
गाउँपालिकाको आन्तरिक राजस्वबाट एक करोड ७७ लाख १७ हजार र चालु आर्थिक वर्षमा खर्च नभई बाँकी रहने अनुमानित रकम मौज्दात अल्याबाट चार करोड ३३ लाख ६४ हजार गरी जम्मा छ करोड १० लाख एक हजार रुपैयाँ आन्तरिक स्रोतबाट व्यहोरिने छ । यसैगरी सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरणतर्फ ११ करोड २५ लाख, राजस्व बाँडफाँटतर्फ १५ करोड आठ लाख ४१ हजार, सशर्त अनुदानतर्फ २० करोड ६९ लाख ६५ हजार आठ सय चार रहेको छ ।
समपुरक अनुदानतर्फ ७० लाख, विशेष अनुदानतर्फ एक करोड २७ लाख गरी जम्मा ४९ करोड ८० लाख छ हजार आठ सय चार रुपैयाँ रहेको छ । यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने समानीकरणतर्फ ७२ लाख ३० हजार, राजस्व बाँडफाँटतर्फ एक करोड ५६ लाख चार हजार, सशर्त अनुदानतर्फ एक करोड १० लाख, समपुरक अनुदानतर्फ ७५ लाख, विशेष अनुदानतर्फ २० लाख गरी जम्मा चार करोड ३३ लाख ७८ हजार रुपैयाँ रहेको छ । कुल बजेटमध्ये चालुतर्फ ४१ करोड ११ लाख ६३ हजार आठ सय चार र पुँजीगतर्फ १९ करोड १३ लाख दुई हजार रुपैयाँ विनियोजन गरिएको छ ।
बबई गाउँपालिका
बबई गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ५० करोड ५१ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । मङ्गलवार भएको गाउँपालिकाको १७ औँ गाउँ सभाबाट आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ५० करोड ५१ लाख रुपैयाँको बजेट ल्याएको हो ।
बबई गाउँपालिकाले पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका विषयलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको हो । पालिकाले वडास्तरबाट सम्पन्न हुने योजना तथा कार्यक्रमका लागि प्रत्येक वडामा ६८ लाख, शिक्षा तथा खेलकुदमा दुई करोड ३३ लाख, स्वास्थ्यमा एक करोड ३० लाख, पशुका क्षेत्रमा ३० लाख, कृषिका लागि ५० लाख, लघुउद्यममा पाँच लाख, विपद् व्यवस्थापनका लागि ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।
बबईले सङ्घीय सरकारमार्फत् समानीकरण अनुदान ११ करोड एक लाख, राजस्व बाँडफाँटबाट १२ करोड ९६ लाख ९१ हजार तीन सय ७६ रुपैयाँ, वन रोयल्टीबाट पाँच लाख, सशर्त अनुदानबाट २० करोड ५३ लाख, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट ७२ लाख ८० हजार, प्रदेश राजस्व बाँडफाँटबाट एक करोड १५ लाख ७५ हजार, प्रदेश सशर्त अनुदानबाट ८५ लाख, प्रदेश समपूरक अनुदानबाट ७५ लाख, आन्तरिक आयतर्फ तीन करोड, स्थानीय बाँडफाँट ढुङ्गा, गिट्टी, बालुवा अन्तर्गत ५० लाख र चालु आर्थिक वर्षबाट बचत हुने करिब एक करोड रुपैयाँबाट अनुमानित बजेट ५० करोड ५१ लाख बजेट ल्याएको हो ।
गढवा गाउँपालिका
गढवा गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ७८ करोड ७५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । गाउँपालिकाको १७ औँ अधिवेशनको तेस्रो बैठकमा उपाध्यक्ष शारदाकुमारी चौधरीले आगामी आर्थिक वर्ष ०८२÷०८३ का लागि ७८ करोड ७५ लाख ९४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।
‘शिक्षा, स्वास्थ्य, कृषि र रोजगार समृद्ध गढवा गाउँपालिका’ भन्ने मुल नाराका साथ आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट चालु आर्थिक वर्षको ६३ करोड १४ लाख बजेट भन्दा १५ करोड रुपैयाँ बढी छ ।
अनुमानित बजेटको चालु खर्चमा ५१ करोड ८३ लाख र पुँजीगत खर्चमा २६ करोड ९२ लाख रुपयाँ विनियोजन गरिएको छ । सङ्घीय सरकारबाट ५७ करोड ३६ लाख, लुम्बिनी प्रदेश सरकारबाट चार करोड ५५ लाख, गाउँपालिकाको आन्तरिक आयबाट छ करोड ३० लाख र नदीजन्य पदार्थ बिक्रीबाट पाँच करोड राजस्व प्राप्त हुने अनुमान गरिएको छ ।
गढवा गाउँपालिकाले शिक्षा क्षेत्रमा सबैभन्दा बढी नौ करोड ८५ लाख विनियोजन गरिएको उपाध्यक्ष चौधरीले जानकारी गराएकी थिइन् । बजेटमा शिक्षाका लागि दिवा खाजामा एक करोड १४ लाख, विद्यालय बस व्यवस्थापनमा ५० लाख र निःशुल्क पाठ्यपुस्तकमा ४९ लाख समावेश छ । स्वास्थ्य क्षेत्रमा निर्माणाधीन १५ श्ययाको अस्पताल सम्पन्न गर्न एक करोड १९ लाख, निःशुल्क औषधी वितरणमा ३२ लाख र इमर्जेन्सी सेवामा ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
पूर्वाधार विकासका लागि डाँडागाउँ–मदेवा–गुसरा–चिम्टमी बाटो कालोपत्रेका लागि दुई करोड १० लाख, धैरनी रिङरोड निर्माणमा ८० लाख र नयाँ बाटो निर्माण तथा स्तरोन्नतिमा एक करोड ४६ लाख रुपैयाँ विनियोजन गरिएको छ । कृषि र रोजगार क्षेत्रमा कृषि आधुनिकीकरणमा ३५ लाख, पशुपालन विकासमा ४६ लाख ५० हजार र युवा उद्यमशिलता कार्यक्रममा एक करोड १० लाख रुपैयाँ छुट्याइएको छ । गाउँ गौरवका योजना अन्तर्गत शीतभण्डार निर्माणमा एक करोड र खाद्य भण्डार भवनमा ७५ लाख विनियोजन गरिएको छ ।
यसैगरी भूमिहीन सुकुम्बासी व्यवस्थापनमा ३० लाख र धार्मिक संरचना निर्माणमा ५५ लाख रुपैयाँ छुट्याइएको छ । विश्व अर्थतन्त्रको मन्दी र कोभिड–१९ को प्रभावका कारण सिर्जना हुने दायित्व व्यहोर्न पाँच करोड रुपैयाँ आकस्मिक कोषमा राखिएको छ । नदीजन्य पदार्थको व्यवस्थापनमा पाँच करोड तीन लाख र वन, वातावरण तथा विपद् व्यवस्थापनमा एक करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।