Ad Area

कानुन उल्लंघन गर्नेलाई कारबाही : मुख्यमन्त्री केसी


दाङ, २३ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कानुन उल्लघंन गर्ने स्थानीय तहलाई कारवाही हुने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट कार्यक्रममा आफनो अधिकार भन्दा बाहिर गएर जथाभावी कर नलिन आग्रह गरेका हुन ।

मुख्यमन्त्री केसीले गैरकानुनी रुपमा कर नउठाउन स्थानीय तहहरुलाई आग्रह गरेका हुन । ‘कानुन उल्लंघन गर्ने अधिकार कसैलाई छैन । कानुनी दायरामा रहेर कर संकलन गर्नुपर्छ’,मुख्यमन्त्री केसीले,‘कानुनी दायरा बाहिर जाने स्थानीय तहरुलाई बजेट रोकिने छ ।’ अहिले दाङको लमही नगरपालिकाले बाटो प्रयोग गरे बार्फत निकासी कर लिने गरेको छ भने तुलसीपुर उपमहनगरपालिकाले व्यवायीहरुको साइन बोर्डको कर लिने गरेका छन् ।

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीले प्रदेश सरकारले नमुना प्रदेशको रुपमा विकास गर्ने कार्यमा सहकार्य गर्ने निजी क्षेत्र तयार रहेको बताए ।  उनले प्रदेशको समृद्धिक लागि आयात भन्दा निर्यातलाइ प्राथमिक्ता दिएर अगाडि वढनु पर्नेमा जोड दिएका थिए ।संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।