Ad Area

सल्यानमा नाच हेर्न गएका युवा मृत भेटिए


सल्यान,२३ मंसिर । सल्यानमा एक युवा मृत फेला परेका छन् । सल्यान जिल्लाको कपुरकोट गाउँपालिका–६ निवासी अन्दाजी १६ वर्षीय टेक बहादुर बोहराको शव कपुरकोट–५ ओखरपाटा भन्ने स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बुधवार साथीहरूसँग बिहेमा नाच हेर्न गएका उनी घर नफर्किएपछि मृतकका परिवारले प्रहरीलाई खबर गरेको थिए ।

प्रहरी र स्थानीयले खोज तलास गर्ने क्रममा बिहीबार दिउँसो ओखरपाटाको भिरमा करिब ५० मिटर तल बारीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता श्याम यादवले जानकारी दिएका छन ।

घटनाको बारेमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad