Ad Area

किसानलाई दियो गाउँपालिकाले मुर्रा राँगा


कमिरेचौर, १९ असार । दाङको बंगलाचुली गाउँपालिकाले कृषकहरुलाई मुर्राजातको वेलन राँगो वितरण गरेको छ ।

गाउँपालिकाले लागत साझेदारीमा नस्लसुधार कार्यक्रमअन्तर्गत शतप्रतिशत मूर्राराँग वितरण गरेको हो । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको उपस्थितिमा कृषकहरुका लागि विहीवार त्यी राँगोहरु वितरण गरिएको हो ।

गाउँपालिकाले बंगलाचुली गाउँपालिका ८ स्वामीघाट स्थित जनहित कृषक समूह र गोठीवनमा रहेको कस्तुरी कृषक समूहलाई भारतको हरियाणाबाट लिएको मुर्राराँगो वितरण गरेको हो । गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले राँगोलाई कृषक समूहको जिम्मा लगाउनु भएको थियो । गाउँपालिकाको ५० प्रतिशत अर्थात २ लाख र कृषक समूहरुको ५० प्रतिशत अर्थात २ लाख गरी जम्मा ४ लाखमा राँगोको खरीद गरिएको थियो ।

प्रति मुर्राराँगो २ लाख परेको बंगलाचुली गाउँपालिका पशु सेवा शाखा कार्यालयका पशुस्वास्थ्य अधिकृत माधव भट्टराईले जानकारी दिएका छन् । त्यस अवसरमा बंगलाचुली गाउँपालिका– ८ का अध्यक्ष झविन्द्रबहादुर गाहामगर, बंगलाचुली गाउँपालिकाका पशु सेवा शाखा प्रमुख माधव भट्टराई र सहायक कम्पुटर अपरेटर प्रेमबहादुर डाँगी लगाएतको सहभागिता रहेको थियो ।