Ad Area

प्रधानमन्त्री कपको लागि दाङ जिल्ला महिला खेलाडी टिम छनोट


दाङ २४ मंसिर । यहि मंसिर २५ गतेदेखि भैरहवामा हुन लागेको प्रधानमन्त्री कप प्रदेश महिला छनोट प्रतियोगिताको लागि दाङ जिल्ला क्रिकेट संघले जिल्लाको खेलाडी छनोट गरेको छ ।

प्रारम्भिक छ्नोटपछि घोराही क्रिकेट मैदानमा चलेको बन्द प्रशिक्षणको प्रदर्शनको आधारमा संघले ४ जना बैकल्पिक खेलाडीसहित १८ महिला खेलाडी छनोट गरेको संघका अध्यक्ष प्रदीप मजगैयाँ जानकारी दिएका छन् । भरखरै नेपाल टिमको बन्द प्रशिक्षणमा रहेकी खेलाडी सरस्वती जिएमको कप्तानीमा १४ सदस्यीय महिला क्रिकेट खेलाडीहरुको टिम छनोट गरिएको हो ।

टिममा खेलाडी लक्ष्मी चौधरी,शर्मीला रोकामगर, मधु डिसी, कमला जिएम, अनिता चौधरी, संध्या पुन, प्रभा चौधरी, उषा कुमाल, सुशीला भट्टराई, ओम् कुमारी बिक, मीना बिक, रसिना चौधरी,लक्ष्मीकुमारी चौधरी रहेका छ्न । बैकल्पिक खÞेलाड़ीहरुमा नगीता पुन, रबिना चौधरी, समीक्षा भण्डारी र आस्मिन मनसुरी रहेका छ्न ।

टिमको प्रशिक्षकको रुपमा जिल्ला प्रशिक्षक संञ्जु क्षेत्री र ब्यबस्थापकमा रमेशसिंह पुन रहेको संघले क्रिकेट संघ दाङका अध्यक्ष मजगैयाले जानकारी दिएका छन् । दाङ्ले आफ्नो पहिलो खेल मंसिर २५ गते रुपन्देही विरुद्ध खेल्ने छ । प्रतियोगितामा लुम्बिनी प्रदेशका दाङ, बाँके, रुपन्देही र नवलपरासी जिल्लाको सहभागिता रहने छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुवाट लुम्बिनी प्रदेशको टिम छनोट हुने छ ।

Blog Post Ad Blog Post Ad