Ad Area

भुवन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित


दाङ,२४ मंसिर । नेपाल मार्शल आट्स हाप्किडो संघका प्रशिक्षक तथा अन्तराष्ट्रिय खेलाडी भुवन बुढामगर अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् ।

अमेरिका नेपाल प्रेस क्लव संयुक्त राज्य अमेरिका र राष्ट्रिय प्रेस क्लव नेपालको आयोजनामा शुक्रवार ललितपुरमा भएको कार्यक्रममा हाप्किडो खेलबाट राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा विभिन्न पदकहरु प्राप्त गर्नका साथै नेपालको नाम विश्वभर चिनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै मार्शल आर्ट्स हाप्किडो संघ दाङ शाखाका अध्यक्ष समेत रहेका बुढामगरलाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरिएको हो ।

कम्युनिटी डेभलोपमेण्ट एण्ड ग्लोवल पिस जर्नालिज्मको सातौ अन्तर्राष्ट्रिय अवार्ड–२०२१ प्रेस क्लवको गौरवमय समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सम्मानपत्र प्रशिक्षक तथा खेलाडी बुढामगरलाई प्रदान गरेका थिए । पूर्वी रुकुम भूमे गाउँपालिका–३ निवासी बुढामगर लामो समयदेखि खेल क्षेत्रमा संक्रिय रहेका छन् । उक्त कार्यक्रममा समाज र राष्ट्रका लागि विभिन्न क्षेत्रबाट योगदान गरेका व्यक्तित्वहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

Blog Post Ad Blog Post Ad