Ad Area

तुलसीपुरमा छोरीलाई साईकल


तुलसीपुर, ५ असोज । तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुलाई ५० वटा साईकल वितरण गरेको छ ।

युएनडिपीको सहयोगमा उपमहानगरपालिकाले ‘किशोरीहरुको सशक्तिकरण नेतृत्व र सम्मान, तुलसीपुरको पहिचान’ भन्ने नारा सहित अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल वितरण गरेको हो ।

तुलसीपुरको मेट्रो कलेजमा भएको वितरण कार्यक्रममा यूएन डिपीका नेपाल प्रतिनिधी आयशनी मेडागन्गोटा लाबेले रनियापुर माविमा कक्षा ८ मा अध्यनरत छात्रा शर्मीला नेपाली र तुलसीपुर मेट्रो कलेजमा कानुन विषयमा अध्यनरत सरीता पुनलाई साईकल हस्तान्तरण गरेकी हुन् ।

यूएनडिपी प्रतिनिधी लाबेले साईकल वितरणले छोरीलाई समयमै स्कुलसम्म पुर्याउनका लागि सहयोग पुग्ने बताइन् ।

तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले साइलको माध्यमबाट छोरीलाई शिक्षा र पढाईमा अघि बढ्न सहयोग पु¥याउने बताए । पाण्डेले तुलसीपुरलाई साईकल सिटीको विकास गर्न र किशोरीको शिक्षामा पहुँच पु¥याउने उद्देश्यले गत वर्षदेखि किशोरीहरुलाई साईकल वितरण गर्दै आएको बताए । गत वर्ष उपमहानगरपालिकाले महिला दिवसको अवसरमा एक सय बढी साईकल बितरण गरेको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad