संसदीय व्यवस्थाकाे विकल्प नयाँ जनवादी वैज्ञानिक समाजवाद

घाेराही, १८ साउन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका चार नम्बर ब्युराे सचिव तथा पाेलिट व्युराे सदस्य समीर केसीले अहिलेकाे संसदीय व्यवस्थाकाे विकल्प नयाँ जनवादी वैज्ञानिक समाजवाद रहेकाे बताउनु भएको छ ।
देशमा लामाे संघर्ष र बलिदानीबाट नयाँ व्यवस्था स्थापना भएपनि अहिले सिंगाे व्यवस्था अरुकाे कब्जामा पर्दा नेपाली जनताको उत्पीडन अन्त्य हुन नसकेको र भ्रष्टाचार, बेथिति माैलाएकाे बताउनुभयो ।
अहिलेकाे संसदीय व्यवस्था अन्त्य गर्दै देशमा वैज्ञानिक समाजवाद लागू गर्न सबै जागरुक हुनुपर्ने बेला आएकाे बताउनुभयाे ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला कार्यसमिति दाङले आईतबार आयाेजना गरेको भ्रष्टाचार विराेधी अभियान अन्तरगतकाे पत्रकार सम्मेलनमा प्रमुख अतिथिसमेत रहनु भएको केसीले नेतृत्व तहबाट नैतिक मुल्य चुक्दै गएकाे र जनताका आधारभूत आवश्यकतामा ध्यान नपुगेकाे भन्दै संसदीय व्यवस्थाकाे विकल्प नयाँ जनवादी वैज्ञानिक समाजवाद स्थापना गर्ने बेला आएकाे जिकिर गर्नुभयाे ।
पार्टीका जिल्ला सचिव ईश्वरी गैरेकाे अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उहाँले अपवाद बाहेक अधिकांश नेता, कार्यकर्ता भ्रष्टाचारबाट मुक्त हुन नसकेकाे अवस्थामा देशले निकास पाउन नसकेकाे, राज्य स्राेतकाे दाेहनबाट विकासमा गम्भीर असर पुगेको बताउनुभयो ।
देशलाई सधैका लागि भ्रष्टाचारबाट मुक्त गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले थालनी गरेकाे देश व्यापी भ्रष्टाचार विराेधी अभियानले संघीय जनगणतन्त्रको खुड्किलो पार गरी वैज्ञानिक समाजवादको स्थापना गर्ने संकल्पका साथ अघि बढेको बताउनुभयाे । उहाँले वैज्ञानिक समाजवादले मात्रै भ्रष्टाचारको पूर्ण उन्मुलन गर्ने दावी पनि गर्नुभयाे ।
कार्यक्रममा जिल्ला सचिव गैरेले दाङमा पछिल्लो समय भएका विकृति, बेथिति र र भ्रष्टाचारका घटना सार्वजनिक गर्दै घटना प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । साे अवसरमा विभिन्न पार्टी परित्याग गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा समाहित भएका ३४ जनालाई अबिर लगाएर स्वागत गरिएको छ ।
पार्टीका केन्द्रीय समिति सदस्य शशीराम बुढाथोकीकाे स्वागत मन्तव्यबाट शुरु भएको पत्रकार सम्मेलनकाे सहजीकरण जिल्ला सदस्य तिलक बिकले गर्नुभएको थियाे ।