दाङ, १७ साउन । मुक्त कमलरी विकास मञ्चको आयोजना र आइएम नेपालको सहयोगमा मुक्त कमलरी सशक्तीकरण परियोजना दोस्रो चरण अन्तरगत युवा क्लबका पदाधिकारीलाई युवा परिकल्पना कार्यशाला भएको छ।
मुक्त कमलरी विकास मञ्चका केन्द्रीय अध्यक्ष हिरामोती चौधरीको अध्यक्षतामा भएको कार्यक्रम कार्यक्रममा अध्यक्ष चौधरीले युवा देशका कर्णधार भएका कारण उनीहरुको क्षमता विकास गरेर सामाजिक कार्यमा अगाडि बढाउने उद्देश्य रहेको बताउनुभयो ।
युवा देशका सम्बाहक र परिवर्तन चाहने भएकाले युवालाई असल मार्ग निर्देशन दिने बताउनुभयो । कार्यक्रमको प्रशिक्षकमा पत्रकार सन्तोष दहित र गर्ल फस्ट परियोजनाका कार्यक्रम संयोजक ज्ञानु थापाले गर्नुभएको थियो ।
कार्यक्रममा घोराही, तुलसीपुर र लमहीका विभिन्न वडाका बालक्लबका पदाधिकारी सहभागी भएका थिए । कार्यक्रमको सहजीकरण सामाजिक परिचालक सरिता चौधरीले गर्नुभएको थियोे । दाङका ३ पालिका २२ जना युवाहरुको सहभागीता रहेको थियोे । कार्यक्रम पश्चात् सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।