Ad Area

सिडेनको अध्यक्षमा झा विजयी


दाङ,१५ भदौ । नेपाली कांग्रेस निकट सेण्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) को चुनावमा कांग्रेसका सभापति शेरबहादुर देउवा निकट रवि भुषण झा अध्यक्ष पदमा विजयी भएका छन् । उनका प्रतिष्पर्धी धनेन्द्र केसी पराजति भएका छन । केसी कांग्रेसका नेता शेखर कोइराला निकट मानिन्छन । झाले २ हजार २सय ५१ भोट ल्याएका छन भने केसीले १ हजार ५सय ९७ भोट ल्याएका छन ।

उपाध्यक्ष, महासचिव कोषाध्यक्ष लगायत अन्य पदमा पनि झाकै टिमका इञ्जिनियर विजयी भएका छन् । महासचिव पदमा पनि देउवा निकट सुदर्शन शर्मा विजय भएका छन । शर्मा नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग पनि निकट मानिन्छन । उनले १ हजार ९सय ३६ भोट ल्याएका छन ।

यसैगरी उपाध्यक्षमा मदनबाबु पुरी र उपमहासचिवमा खगेन्द्र अवस्थी विजयी भएका छन । कोषाध्यक्षमा सुजित कोइराला विजयी भएका छन । सदस्यहरूमा नानुमाया काफ्ले, आयुषमानि अधिकारी, महेश घिमिरे, ज्ञानेन्द्र त्रिपाठी, अकिंत शर्मा, महेश वस्ती, सचिव न्यौपाने लगायत विजयी भएका छन् ।

नयाँ नेतृत्व चयन गर्न गत शनिबार सीडेको चुनाव भएको थियो । मतपरिणाम आइबार मात्र सार्वजनिक गरिएको थियो । चुनावमा ६ हजार ५सय ४७जना मतदाता छन् । नेपाल इञ्जिनियर परिषद्बाट लाइसेन्स लिएका सबै व्यक्ति सीडेनको सदस्य बन्न सक्ने व्यवस्था गरिएको छ । यस सस्थामा सरकारी तथा गैर सरकारी क्षेत्रमा आबद्ध व्यक्तिहरू सदस्य छन सीडेनको चुनावकोालगि बागमती प्रदेशमा काठमाडौं र हेटौडा, कोशी प्रदेशमा वीराटनगर, लुम्बिनी प्रदेशमा लमही र बुटवल, कर्णाली प्रदेशमा सुर्खेत तथा सुदूर पश्चिम प्रदेशमा धनगढीमा मतदान केन्द्र राखिएको थियो ।