Ad Area

सिडेन लुम्बिनी प्रदेश सदस्यमा बिजयीलाई सम्मान


दाङ,१८ भदौ । नेपाली कांग्रेस निकट सेण्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) को निर्वाचनबाट लुम्बिनी प्रदेश सदस्यमा बिजयीलाई घोराहीमा सम्मान गरिएको छ ।

नेपाल विद्यार्थी संघ राप्ती इन्जिनियरिङ कलेज इकाई समितिले बुधवार घोराहीस्थीत नेपाली कांग्रेस दाङको पार्टी कार्यालयमा कार्यक्रमको आयोजना गरेर सिडेनमा बिजयी हुने नेविसंघ राप्ती इन्जिनियर कलेजका पूर्व सभापति समेत रहेका इन्जिनियर चुडामणि डाँगीसहित इन्जिनियर नेत्र बुढाथोकी र इन्जिनियर बिजय डाँगीलाई स्वागत तथा सम्मान गरेको हो ।

नेपाल विद्यार्थी संघ राप्ती इन्जिनियरिङ कलेजका सभापति अमृत रावतको सभापतित्व तथा नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यता एवं नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निरज गिरी र नेपाल इन्जिनियरिङ एसोसियशन लुम्बिनी प्रदेशका सहसचिव इन्जिनियर संकल्प बुढाथोकीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

सम्मान कार्यक्रममा नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेल, नेपाल इन्जिनियरिङ एसोसियशन लुम्बिनी प्रदेश सदस्यद्धय इन्जिनियर दैवज्ञराज जोशी (डिके) र सुचित विष्ट, नेविसंघ घोराहीसंयोजक एवम् नेविसंघ राप्ती इन्जिनियरिङ कलेज निवर्तमान सभापति विजय बिष्ट, महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सभापति दिपेश डाँगी, निवर्तमान स्वावियु सभापति मनोज डाँगी, अम्विकेश्वरी क्याम्पसका निवर्तमान स्ववियु सभापति रनबहादुर खड्का, महेन्द्र बहुमुखी क्याम्पस स्ववियु सदस्य इमन घिमिरे,नेविसंघ राप्ती इन्जिनियरिङ कलेजका निवर्तमान उपसभापति मामिक श्रेष्ठलगायत नेविसंघका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

नेविसंघ राप्ती इन्जिनियरिङ कलेजका इकाई सदस्य हेमन्त बस्नेतको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव सन्देश आचार्यले गरेका थिए ।