श्रीमानको निधनपछि जनउत्थान लघुवित्तद्वारा कर्जा मिनाहा र सहयोग

पाल्पा,१८ भदौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यको मृत्यु भएपछि कर्जा विमा सुविधा मार्फत ऋण मिनाहा गर्दै परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ।
रिब्दीकोट गाउँपालिका–५ बतासेकी माया सार्कीलाई संस्थाले गार्डियन माइक्रो लाइफ इन्सुरेन्समार्फत २ लाख ५० हजार कर्जा मिनाहा तथा काजक्रिया खर्चका लागि रु. १५ हजार हस्तान्तरण गरेको हो।
सार्कीकी श्रीमान् रमेश सार्कीको ३३ वर्षको उमेरमा गत २०८२ साउन १८ गते असामयिक निधन भएको थियो। निधनपछि संस्थाको इलाका संचालन कार्यालय कोलोनीका अधिकृत टोपबहादुर सुनारले मृतकको घरमै पुगेर श्रद्धाञ्जली अर्पण गर्दै विमा दाबी बापतको रकम पीडित परिवारलाई हस्तान्तरण गरेका थिए।
सो अवसरमा अधिकृत सुनारले जनउत्थान लघुवित्तले सदस्यहरुलाई बचत तथा कर्जा कारोबारसँगै सीप विकास तालिम, ग्राहक संरक्षण कोषमार्फत सुविधा, सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रम र भविष्यमा आईपर्ने जोखिम व्यवस्थापनका गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए।
उनका अनुसार, संस्थाबाट कर्जा लिएका सदस्यको मृत्यु भएमा परिवारलाई ऋणको बोझ नहोस् भन्ने उद्देश्यले विमा सुविधा अनिवार्य गरिएको छ। असामयिक मृत्यु वा दुर्घटनामा तिर्न बाँकी ऋण मिनाहा गरी बाँकी रकम परिवारलाई हस्तान्तरण गर्ने व्यवस्थाले पीडितलाई राहत पुगेको उनले बताए।
कार्यक्रममा बैंकिङ समुदायका सदस्य, स्थानीयबासी र कर्मचारी गरी करिब १२ जना सहभागी थिए। कार्यक्रममा हार्थोक शाखा संचालन अधिकृत दिनेश नेपालीले सञ्चालन गरेका थिए।