प्रथम शक्तिमान बुढा मगर स्मृति फुटबल प्रतियोगिता सुरु

भ्युमान पुन
दाङ,४ असोज । दाङको घोराहीमा प्रथम शक्तिमान बुढा मगर स्मृति फुटबल प्रतियोगिता–२०८२ सुरु भएको छ । युएनबिसी क्लवको आयोजनामा घोराही उपमहानगरपालिका–१७ उखुवारीस्थीत लुम्बिनी फुटबल एकेडेमीको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।
युएनबिसी क्लवका अध्यक्ष नारायणप्रसाद पुनको अध्यक्षता तथा लुुम्बिनी प्रदेश खेलकुद परिषदका अध्यक्ष तिरणदाज गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सोम घर्ती, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, स्व. शक्तिमान बुढा मगरकी आमा धनरुजी बुढामगरको विशिष्ट आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको थियो ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले स्वं खेलाडीको सम्मानमा भएको प्रतियोगिताले दाङको खेलकुद क्षेत्रको विकाससँगै नयाँ खेलाडी उत्पादनमा सहयोगी भूमिका खेल्ने बताएका थिए । कार्यक्रमको सहजीकरण लुम्बिनी फुटबल एकेडेमीका सञ्चालक समिर वलीले गरेका थिए ।
उद्घाटन खेलमा बडहरा बिजयी
यसैविच प्रथम शक्तिमान बुढा मगर स्मृति फुटबल प्रतियोगितामा बडहरा युवा क्लवले बिजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा बबई फुटबल एकेडेमीलाई ० का विरुद्ध एक गोलले पराजित गर्दै बडहरा युवा क्लवले प्रतियोगितामा बिजयी सुरुवात गरेको हो ।
प्रतियोगिताको दोश्रो दिन आइतवार तीन वटा खेलहरु हुने आयोजक युएनबिसी क्लवका सहसचिव एव प्रतियोगिता संयोजक गोपाल कुँवरले जानकारी दिएका छन् । प्रतियोगिता संयोजक कुँवरका अनुसार आइतवार विहान ७ बजे घोराही–१४ र लुम्बिनी फुटबल एकेडेमीका विच खेल हुनेछ । त्यसैगरी दोश्रो खेल दिउँसो १ बजे एमएफसी र बिएफएल तथा तेश्रो खेल दिउँसो ३ बजे एनजेएफसी र युएनबिसीका बिच हुनेछ ।
प्रतियोगिताको बिजेता टिमले नगद एक लाख ५० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद ७० हजार रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा १८ वटा टिमको सहभागीता रहेको छ ।