भूतपूर्व नेपाली सैनिक मिलन केन्द्र दाङ गठन,अध्यक्षमा बस्नेत

दाङ,२१ असोज । समाजमा छरिएर रहेका नेपाली सेनाबाट अवकार प्राप्त व्यक्तिहरुलाई एकीकृत गर्ने गरि भूतपूर्व नेपाली सैनिक मिलन केन्द्र दाङ गठन गरिएको छ । मंगलवार घोराहीमा भएको अवकाश प्राप्त शैनिकहरुको भेलाले लीलाधर बस्नेतको अध्यक्षमा केन्द्रको तदर्थ समिति समेत गठन गरेको हो ।
केन्द्रको सचिवमा तिर्थराज पाण्डे, कोषाध्यक्षमा घनश्याम गिरी र सदस्यहरुमा दिनेश चौधरी, लालबहादुर विष्ट, रामबहादुर चौधरी, हेमन्त थापा, श्रीधर गिरी, धनिराम चौधरी, मनोज डाँगी र हरिराम चौधरी रहेका छन् । नेपाली सेनाबाट अवकार प्राप्त व्यक्तिलाई एककीत गर्दै विपदको समयमा आवश्यकता अनुसार स्थानीय सरकारलाई सहयोग गर्नेगरी भूतपूर्व नेपाली सैनिक मिलन केन्द्र दाङ गठन गरिएको अध्यक्ष बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार अहिले केनद्रमा १७ जना भूतपूर्व शैनिकहरु आवद्ध रहेका छन् ।
भेलाले केन्द्रलाई बैधानिक रुपमा दर्ता प्रक्रियामा लैजाने, बैठक प्रत्येक महिनाको अन्तिम शनिवार नियमित बैठक बस्ने, केन्द्रलाई आर्थिक रुपमा बलियो बनाउनका लागि शेयरका रुपमा पाँच सय पाँच रुपियाँ र मासिक रुपमा एक हजार रुपियाँ जम्मा गर्ने निर्णय गरेको छ ।