दाङ महिला जेसीजलाई वमन अफ इम्प्याक्ट अवार्ड

दाङ, २७ असोज । महिला उद्यमशीलता तथा व्यवसाय प्रवद्र्धनमा योगदान पु¥याएकोमा दाङ महिला जेसीज ‘वमन अफ इम्प्याक्ट अवार्ड–२०२५’ बाट सम्मानित भएको छ । नेपाल जेसीजको आयोजना तथा महेन्द्रनगर जेसीजको आयोजनामा महेन्द्रनगरमा भएको एरिया ‘डी’ सम्मेलनमा दाङ महिला जेसीजलाई अवार्ड प्रदान गरिएको थियो ।
सम्मेलनमा नेपाल जेसीज बर्ष २०२५ का कार्यकारी उपाध्यक्ष जेसी सौरभ श्रेष्ठले सम्मानपत्र दाङ महिला जेसीजकी अध्यक्ष जेसी अनिता ढकाललाई प्रदान गरेका थिए । सम्मानपत्र प्रदान गर्दै कार्यकारी उपाध्यक्ष श्रेष्ठले महिला नेतृत्व, व्यवसायिक सशक्तिकरण र उद्यमशीलतामा दाङ महिला जेसीजले पु¥याएको योगदान प्रेरणादायी रहेको बताए ।
दाङ महिला जेसीजले महिलाको सशक्तिकरण, व्यवसायिक सीप विकास र नेतृत्व क्षमताको अभिवृद्धिमा निरन्तर सक्रिय रुपमा कार्यक्रम गर्दै महिला उद्यमशीलता प्रवद्र्धनसँगै मुदायमा सकारात्मक परिवर्तनका लागि सहयोग पु¥याउँदै आएको छ । सम्मेलन यही अक्टोबर १० र ११ गतेका दिन महेन्द्रनगरमा भएको थियो ।
डिसीलाई उत्कृष्ठ महासचिवको अवार्ड
यसैविच दाङ महिला जेसीजकी महासचिव भीमा डिसीले उत्कृष्ठ महासचिवको अवार्ड प्राप्त गरेकी छिन् । नेपाल जेसीजको आयोजनामा तथा महेन्द्रनगर जेसिजको आतिथ्यतामा सम्पन्न नेपाल जेसीज वर्ष २०२५ को क्षेत्र ‘घ’ सम्मेलनमा दाङ महिला जेसीजकी महासचिव डिसीलाई एरिया ‘डी’ अन्तर्गत रहेका ५८ वटा शाखामध्ये उत्कृष्ट महासचिवको रूपमा पुरस्कृत गरिएको हो ।
सम्मेलनमा नेपाल जेसीजका कार्यकारी उपाध्यक्ष जेसी सौरभ श्रेष्ठले प्रमाणपत्र प्रदान गर्दै डिसीको नेतृत्व क्षमता, समर्पण र सक्रियताप्रति उच्च प्रशंसा व्यक्त गरेका थिए । डिसी दाङ महिला जेसीजको महासचिवका रूपमा सक्रिय रहँदै विभिन्न सामाजिक, नेतृत्व विकास र समुदाय सचेतना सम्वन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएकी छिन ।